2 years ago
August 10, 2022
इटहरी (हाम्रो खेलकुद) – इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरीमा जारी अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिताको दोस्रो दिन (मंगलवार) नौ खेल सम्पन्न भएका छन् ।
इटहरी क्रिकेट रंगशालाको इन्डोर क्रिकेट हलमा भएको खेलमा वाइ पोनटिङले सेक्रेट हार्ड, ग्रीन पिसले डिभिएम, महेन्द्र मेमोरियलले विश्व आदर्श र माउन्ट मकालुले कोशीलाई पराजित गरे । त्यस्तै पशुपतिले लर्ड बुद्ध र सुनसरीले एसओएसलाई पराजित गरेका थिए ।
सोमवार देखी जारी प्रतियोगिताको पहिलो दिन पनि नौ खेलहरु सम्पन्न भएका थिए । विहीवार फाइनल हुने प्रतियोगिताको चार समूहका विजेताहरुले सेमिफाइनल खेल्ने छन् । प्रतियोगिताको तेस्रो दिन बुधवार लिग चरणका छ र दुई सेमिफाइनल खेल हुने इटहरी क्रिकेट एकेडमीका सचिव तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले जानकारी दिए ।
प्रतियोगिताको विजेता टोलीले मेडल, ट्रफी र प्रमाण पत्र पाउने छन् । उत्कृष्ट ३५ खेलाडीलाई इटहरी क्रिकेट एकेडमीले सम्बन्धित विद्यालयसँगको समन्वयमा नियमित प्रशिक्षण दिनेछ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]