3 years ago
August 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टेवल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठलाई मंगलबार एक कार्यक्रमबीच अखिल नेपाल टेबल टेनिस संघले उज्वल भविष्यको शुभकामनासहित बिदाई गरेको छ ।
संघको लैनचौरस्थित टेबल टेनिस कभर्डहलमा संघका अध्यक्ष चतुरानन्द राजबैद्यले च्याम्पियन श्रेष्ठलाई खादा तथा राष्ट्रिय झण्डा प्रदान गरेर विदाई गरे । यस्तै श्रेष्ठलाई संघका बरिष्ठ उपाध्यक्ष एवं काठमाडौं जिल्ला टेबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्य, प्रमुख प्रशिक्षक संजीव कुमार ढुङ्गेल, प्रशिक्षकहरु, खेलाडीहरु लगायतले खादा, अविर सहित उज्वल भविष्यको लागि शुभकामनासहित बिदाई गरे ।
राष्ट्रिय च्याम्पियन स्यान्टु उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान लागेका हुन् । तीन पटकको राष्ट्रिय च्याम्पियन स्यान्टुले दक्षिण एशियाली खेलकुदमा १ रजत र ३ कास्य पदक प्राप्त गरेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]