3 years ago
August 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मनास्लु वल्ड कलेजले नेपाली राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतलाई कलेजको प्रशिक्षकमा नियुक्त गरेको छ ।
चाबहिल चुच्चेपाटीमा रहेको मनास्लु कलेजले प्रशिक्षक बस्नेतलाई आइतबार कलेजको मुद्यय प्रशिक्षमा नियुक्त गरेको हो ।प्रशिक्षक बस्नेतले साउन पहिलो सातादेखि टिप्टो फुटसल एकेडेमी सञ्चालनमा ल्याएका छन् । टिप्टो फुटसल एकेडेमीमा यू–४ देखि यू–१५ वर्षसम्मका बालबालिकाको लागि प्रशिक्षण हुनेछ ।
मनास्लु कलेजले स्थापना कालदेखि नै विभिन्न विधाका खेलाडीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसैवर्षको शैक्षिक सत्रदेखि मनास्लुले फुटबल र फुटसलमा विशेष प्रशिक्षण तथा उत्कृष्ट टोली बनाउने लक्ष्य लिएको छ ।
मनास्लुले सम्पुर्ण युवा विद्यार्थी खेलाडीको विकासको लागि कलेजले विशेष कार्यक्रम गर्दै आइरहेको कलेजका प्रिन्सिपल राजन श्रेष्ठले बताए । मनास्लुले यसै शैक्षिक वर्ष देखि खेलकुद विज्ञान विषयको अध्यापन शुरू गर्ने कलेज प्रशासनले जनाएको छ ।
मनास्लुले यसअघि राष्ट्रिय टोलीका पुर्व कप्तान सागर थापालाई ब्रान्ड एम्वासडरमा नियुक्त गरेको छ । नेपाली यू–१६ टोलीको कप्तानी गरेका जान लिम्वुलाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिसकेको छ ।
यस्तै मनास्लुले १३औं सागका दोहोरो स्वर्णधारी मन्देकाजी श्रेष्ठले पारा तेक्वान्दो खेलाडी तथा ओलम्पियन पलेशा गोबद्र्धन श्रेष्ठलाई पनि सम्मान गरिसकेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]