3 years ago
August 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइटीएफको २५औ वार्षिकोत्सव तथा रजत जयन्ती पोखरामा भव्यताका साथ साथ सम्पन्न भएको छ ।
महोत्सव पोखरा रंगशाला अन्तरगत कभर्डहलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङको प्रमुख आतिथ्यमा भएको हो ।
सो अवसरमा आइटीएफका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट र नेसनल तेक्वान्दो आइटीएफ एकेडेमी निर्माणमा अतुलनीय योगदान गर्ने खाँडादेवी गाउँ पालिकाका पूर्व अध्यक्ष तथा एकेडेमीका संरक्षक प्रेम बहादुर तामाङलाई सम्मान गरिएको छ ।
बाग्मती प्रदेशकी रुबीका खड्का र नेपाल आर्मीका दिनेश बुढा मगर वर्षका उत्कृष्ट खेलाडी घोषित भए । दुवैले १० हजार रुपैयाँ पुरस्कार पाए । मोरङका राजेन्द्र धिमाल वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भए । उनले पनि १० हजार रुपैयाँ पुरस्कार पाए । नेपाल आइटीएफका पहिलो ब्याजका ब्ल्याक बेल्ट गोपाल श्रेष्ठले आउट स्ट्यान्डीङ अवार्ड पाए । नवलपुर उत्कृष्ट जिल्ला घोषित भयो । काभ्रेका रिक्सन तामाङ राइजिङ स्टार घोषित भए ।
कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङ, राष्ट्रिय खेलकुद परिषद् कायकारी समितिका सदस्य एकेन्द्र कुँवर, राखेप सदस्य मानदेव हजारा, राजेश गुरुङ , राखेप तालीम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विक तथा नवौँ राष्ट्रिय खेलकुदका सचिवालयका प्रमुख फणीन्द्र पौडेल लगायतको उपस्थिति थियो । नेपाल आइटीएफका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलाको सभापतित्वमा कार्यक्रम भएको थियो ।
सो अवसरमा धमलाले गण्डकी प्रदेशको सक्रियता प्रशंसनीय रहेका बताए । कार्यक्रमको ब्यवस्थापन गण्डकी प्रदेश आइटीएफ तेक्वान्दो संघले गरेको थियो । कार्यक्रममा नेपाल आइटीएफका पूर्व अध्यक्ष तथा पूर्व प्रमुख प्रशिक्षक अन्जुनाथ श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]