3 years ago
August 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गुरुङ मगर (जिएम समाज) नवलपुरले स्व. बिनय पन्त स्मृति कप पार्क पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको प्रशिक्षण केन्द्रमा शनिबार भएको फाइननलमा जिएम समाजले जेनेक्स भलिबल टिमलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
घनश्याम चौधरी र हिमाल सुनारी रहेको टोली जिएमविरुद्ध जेनेक्सले पहिलो सेटमा कडा चुनौती पेश गरेपनि जिएम २५–२३ ले विजयी हुन सफल भयो । दोस्रो सेटमा जिएमले एकपक्षीय प्रदर्शन गर्दै २५–१२ को सोझो सेटमा जित निकाल्न सफल भयो ।
उपाधिको दावेदार टोलीमा रुपमा रहेको गल्कोट भलिबल संघलाई २–१ को सेटमा स्तब्ध पार्दै बुढानिलकण्ठ भलिबल क्लब कपनले तेस्रो स्थान हासिल गरेको छ ।
पहिलो सेट २३–२५ ले गुमाएको बुढानिलकण्ठले त्यसपछिको दुवै सेट २५–२३ र १५–११ ले आफ्नो पक्षमा पार्न सफल भयो । त्यसअघि शनिबारै भएको सेमिफाइनलमा जेनेक्सले गल्कोटलाई तथा जिएम समाजले बुढानिलकण्ठलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।
उपाधिसँगै जिएम समाजले ५० हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको जेनेक्सले ३० हजार, तेस्रो भएको बुढानिलकण्ठले २० हजार र चौथो भएको गल्कोटले १० हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र हात पारेको छ । जिएम समाजका घनश्याम चौधरी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले दुई हजार रुपैयाँसँगै आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे ।
जिएम समाजकै विवश आले उत्कृष्ट सेटर, जिएमकै अशोक श्रेष्ठ सर्भर, जेनेक्सका विष्णु बस्नेत स्पाइकर, जिएमका हिमाल सुनारी ब्लकर, बुढानिलकण्ठका सन्जिव गुरुङ उत्कृष्ट डिफेन्डर र जिएमकै धिरज प्रताप गाहा उत्कृष्ट प्रशिक्षक चुनिए ।
बुढानिलकण्ठका सन्जय बस्नेत उदियमान खेलाडी र गल्कोटका दीपक मल्ल ठकुरी अनुशाषित खेलाडी चुनिए । उनीहरुले जनही १ हजार रुपैयाँ र प्रमाणपत्र हात पारे ।
नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के, संघका सचिव मनविर छन्त्याल, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन कुमार गुरुङ, स्वर्गिय विनय पन्तका दाईहरु सन्तोष पन्त, विजय पन्त र रामचन्द्र पन्त, टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबका झम्क श्रेष्ठ, अन्तर्राष्ट्रिय भलिबल रेफ्री बिकास गुरुङ, चिरायु नेशनल हस्पिटल मार्केटिङ प्रमुख किरण फुयाल र आयोजक काठमाडौं किङ्स क्लबका अध्यक्ष अञ्चल शाही लगायतले पुरस्कृत गरे ।
किङ्स क्लब काठमाडौंको आयोजनामा बिहीबारदेखि शुरु हुने प्रतियोगितामा २४ टोलीलाई दुई समूहमा विभाजन गरी नकआउटको आधारमा प्रतिस्पर्धा गराएको थियो ।
गोरखा जिल्ला गोरखा नगरपालिका १२ का स्थायी बासी भलिबल प्रेमी तथा भलिबल खेलाडीलाई अत्यन्तै माया गर्ने विनयको गत वर्षको २६ असोजमा घान्द्रुक घुम्न जाने क्रममा दुर्घटनामा परी निधन भएको थियो ।
उक्त दुर्घटनामा उनीसहित ८ जनाको मृत्यु भएको थियो । उनी सारांगे छहारी भलिबल प्रतियोगिताको सदस्य रहेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]