3 years ago
August 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गल्कोट भलिबल संघ, जिएम समाज नवलपुर, बुढानिलकण्ठ भलिबल क्लब कपन र जेनेक्स भलिबल टिम स्व. बिनय पन्त स्मृति कप पार्क पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको प्रशिक्षण केन्द्रमा बुधबार भएको क्वाटरफाइनलमा जिएम समाजले प्रदेश नम्वर १ लाई २–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ । पहिलो सेट २३–२५ ले गुमाएको जिएम समाजले त्यसपछिको दुवै सेट २५–१४ र १५–७ ले जित्न सफल भयो ।
अर्काे क्वाटरफाइनलमा बुढानिलकण्ठ कपनले निसिखोला बाग्लुङलाई २–१ को सेटमा हराउँदै सेमिफाइनलमा पुग्न सफल भयो । पहिलो सेट २३–२५ ले गुमाएको बुढानिलकण्ठले २५–१७ र १५–१० ले आफ्नो पक्षमा पार्न सफल भयो ।
यस्तै जेनेक्स भलिबल टिमले स्याङ्जा भलिबल टिमलाई २५–२३ र ३०–२८ को सेटमा पराजित गरेको छ । खेलको सुरुवातदेखि नै पछि परेको स्याङ्जाले दुवै सेटमा पूनरागमन प्रयास गरेपनि सफल हुन सकेन । यस्तै गल्कोट भलिल संघले मामा–भान्जा भलिबल टिमलाई समान २५–२३ र २५–२३ को सेटमा पराजित गरेको छ ।
अब सेमिफाइनलमा शनिबार जेनेक्स र गल्कोट तथा जिएम समाज र बुढानिलकण्ठबीच प्रतिस्पर्धा हुनेछ । फाइनल र तेस्रो स्थानको खेल पनि शनिबार नै हुनेछ । किङ्स क्लब काठमाडौंको आयोजनामा बिहीबारदेखि शुरु हुने प्रतियोगितामा २४ टोलीलाई दुई समूहमा विभाजन गरी नकआउटको आधारमा प्रतिस्पर्धा भएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र हात पार्नेछ । दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार र सान्त्वना हुनेले १० हजार रुपैयाँ, कप मेडल र प्रमणपत्र हात पार्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले दुई हजार रुपैयाँ हात पार्नेछ । व्यक्तिगत विधाका उत्कृष्ट सेटर, सर्भर, स्पाइकर, ब्लकर र प्रशिक्षकले जनही १ हजार रुपैयाँ र प्रमाणपत्र हात पार्नेछन् ।
गोरखा जिल्ला गोरखा नगरपालिका १२ का स्थायी बासी भलिबल प्रेमी तथा भलिबल खेलाडीलाई अत्यन्तै माया गर्ने विनयको गत वर्षको २६ असोजमा घान्द्रुक घुम्न जाने क्रममा दुर्घटनामा परी निधन भएको थियो । उक्त दुर्घटनामा उनीसहित ८ जनाको मृत्यु भएको थियो । उनी सारांगे छहारी भलिबल प्रतियोगिताको सदस्य रहेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]