3 years ago
August 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईटीएफको २५औं वार्षिकोत्सव तथा रजत जयन्ती शनिबार र आइतबार हुँदैछ । वार्षिकोत्सवको तयारी पुरा भएको अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।
शनिबार बिहान भक्तपुरमा बृद्ध बद्धालाई भोजन गराएर सुरु हुने वार्षिकोत्सवका अन्य कार्यक्रम पोखरामा हुनेछ । पोखरामा आइतबार बर्षको उत्कृष्ट खेलाडी, बर्षको उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट जिल्ला संघलाई पुरस्कृत गरिने छ ।
नेपाल आइटिएफको इतीहासमा पहिलो पटक निर्माण भएको नेसनल तेक्वान्दो आइटिएफ एकेडेमी निर्माणमा अतुलनीय योगदान गर्ने खाडाँदेवी गाँउ पालिकाका पूर्व अध्यक्ष प्रेम बहादुर तामाङलाई पनि सम्मान गरिने छ ।
सोही एकेडेमी निर्माणको क्रममा अन्तराष्ट्रिय तेक्वान्दो महासंघका संस्थापक ग्रान्ड मास्टर जनरल चोइ हङहीको पूर्ण कदको शालीक पनि निर्माण भएको छ । वार्षिकोत्सव समारोह राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङको प्रमुख आतिथ्यमा हुने छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]