default_image

3 years ago

August 5, 2022

अरहान्त र अमृत फाइनलमा

288 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अरहान्त केशर सिहं र अमृत थापामगर चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तरगत पुरुष खुल्लातर्फको फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित स्क्वास कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा अरहान्तले अमिर ब्लोनलाई ११–५, ११–२ र ११–६ को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुग्न सफल भयो ।

यस्तै अमृतले दीपक थापामाथि ११–२, ११–४ र ११–६ को सेटमा पराजित गर्दै फाइनलमा भेट पक्का ग¥यो । यि दुईले गत महिना ओलम्पिक दिवस अन्तरगतको राष्ट्रिय च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गर्दा अरहान्तले उपाधि जितेको थियो ।

महिला एकलतर्फ पनि ओलम्पिक दिवस अन्तरगतको राष्ट्रिय च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गरेका कृष्णा थापा र विपना ब्लोनबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ ।

विपनाले स्वस्थानी श्रेष्ठमाथि ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरिन् । सबै तीन सेटमा पछि परेको विपनाले पूनरागमन गर्दै सबै सेटमा ११–९, ११–९ र १३–११ को सेटमा जित निकाल्न सफल भएको थियो ।
यस्तै कृष्णाले भावना सुनुवारमाथि कृष्णा ११–८, ११–४ र ११–४ को सोझो सेटमा जित निकाल्दै फाइनलमा विपनासँगको भेट पक्का गरिन् ।

जुनियर ब्वाइज ओपनमा विकास मगरले पासाङ लामालाई ३–१ को सेटमा तथा गोपाल थापाले सलिम थापालाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा पुग्न सफल भयो ।

मास्टर्स ५० वर्षमाथि प्रज्वल प्रकाश प्रधानले धिर पुनलाई ३–१ को सेटमा तथा सुदिव सिंहले दिलिप अधिकारीलाई ३–० को सेटमा हराएर फाइनलमा स्थान बनाएको छ । राज महर्जन र प्रयाग जोशी प्लेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरिसकेका छन् ।

सबै ५ विधाको फाइनल खेल शनिबार बिहानबाट शुरु हुने आयोजक नेपाल स्क्वास ¥याकेट्स संघले जनाएको छ । संघका अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा भएको प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि, जुनियर ब्वाइज ओपन र प्लेट गरी ५ विधा समावेश गरिएको छ ।

पुरुष एकलको विजेताले शिल्डसँगै २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुई जनाले समान १० हजार रुपैयाँ हात पार्नेछन् । महिला एकलको विजेताले शिल्डसँगै २० हजार, दोस्रोले १० हजार र तेस्रो हुने दुई जनाले समान ५ हजार हात पार्नेछन् । ब्वाइजको विजेताले १० हजार प्राप्त गर्नेछन् ।

जुनियरलाई प्रोत्साहनको लागि हरेक खेल जितेबापत् थप ५ सय थपिने संघका अध्यक्ष महर्जनले जानकारी गराए । यस्तै जुनियरतर्फका उत्कृष्ट खेलाडीहरुलाई संघबाट विशेष तालिम प्रदान गरिनेछ । मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि र प्लेट च्याम्पियनसिपको विजेताले ट्रफी पाउनेछन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.