default_image

3 years ago

August 4, 2022

श्रेष्ठ र तामाङलाई राखेपको बधाईं

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दान बहादुर तामाङलाई बिहीबार बधाईं तथा सफल कार्यकालको शुभकामना प्रदान गरेका छन् ।

राखेपले खेल क्षेत्रसँग सम्बन्धित दुवैलाई महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाएकोमा कार्यक्रम आयोजना गरी बधाईं तथा शुभकामना कार्यक्रमको आयोजना गरेको हो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले दुईपटक राखेपको सदस्य–सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । तामाङ नेपाल भलिबल संघका पूर्व अध्यक्ष हुन् ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ, सदस्यहरु नन्दा बस्याल, अन्जन धमला, जनक बर्तौला, विभागीय प्रमुख, शाखा प्रमुख, नेपाल ओलम्पिक कमिटीका पदाधिकारीलगायतले कार्यकाल पूर्ण सफलतका लागिका शुभकामना दिदै ताम्रापत्र प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले खेलकुदसँग सम्बन्धित व्यक्तित्वले राज्यका तर्फबाट महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाउनु भएका दुवैले खेल क्षेत्रको विकासमा अझ योगदान दिनु हुने विश्वास व्यक्त गर्दै सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले राष्ट्रिय राजनीतिमा आउन खेलकुद क्षेत्रको पनि महत्वपूर्ण योगदान रहेको बताउदै आफूले सम्हालेको मन्त्रालय मार्फत खेलकुदका विषयमा गर्न सकिने सबै सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

राजदूत तामाङले आफ्नो नियक्तिमा पनि खेल क्षेत्रको ठूलो योगदान रहेको बताउदै ‘स्पोर्ट्स डिप्लोमेसी’ मार्फत दक्षिण अफ्रिका र नेपालबीचको खेलकुदलाई कसरी जोड्न सकिन्छ त्यसमा आफ्नो ध्यान केन्द्रीत रहने बताए ।

उपाध्यक्ष कोइरालाले खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वले महत्वपूर्ण जिम्मेवारी पाउनु सिंगो खेल क्षेत्रका लागि गर्वको कुरा भएको विचार व्यक्त गरे ।

सदस्य–सचिव घिसिङले खेल क्षेत्रका वर्तमान वा पूर्व पदाधिकारीले राज्यको महत्वपूर्ण निकायमा अवसर पाउँदा परिषद्ले सम्झनु पर्छ भन्ने मान्यतालाई आत्मासात गरी नयाँ थालनीको सुरुआत गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

उनले परिषद्ले चालू आर्थिक वर्षमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनामा विशेष जोड दिएको जानकारी गराए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.