default_image

3 years ago

August 4, 2022

राज र प्रयाग फाइनलमा

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राज महर्जन र प्रयाग जोशी चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तरगत प्लेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् ।

मास्टर खुल्लाका दिलिप अधिकारी र इन्द्र बहादुर कार्की

सातदोबाटोस्थित स्क्वास कोर्टमा बिहीबार भएको सेमिफाइनलमा राजले कमल शाक्यलाई ३–१ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । राजले पहिलो सेट ४–११ ले गुमाएपनि त्यसपछिको तीनै सेट ११–५, ११–९ र ११–९ ले आफ्नो पक्षमा पार्न सफल भए ।

यस्तै अर्काे सेमिफाइनलमा प्रयाग जोशीले जुनिल शाक्यलाई ३–१ को सेटमै पराजित गर्दै फाइनलमा पुग्न सफल भए। पहिलो र दोस्रो सेट १२–१० र ११–३ ले आफ्नो पक्षमा पारेको प्रयागले तेस्रो सेट ८–११ ले गुमाउन पुगेपनि चौथो सेटमा ११–३ को सहज जित निकाल्न सफल भएका थिए ।

यस्तै मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि दिलिप अधिकारीले इन्द्र बहादुर कार्कीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छन् । २–१ ले पछि रहेको अवस्थामा इन्द्र रिटायर्ड हर्ट भएपछि दिलिप अघिल्लो चरणमा पुग्न सफल भए ।

पुरुष खुल्लातर्फ सेमिफाइनलमा अरहान्त केशर सिंह र अमिर ब्लोन तथा अमृत थापामगर र दीपक थापाबीच प्रतिस्पर्धा हुनेछ । महिला एकलतर्फको सेमिफाइनलमा कृष्णा थापा र भावना सुनुवार तथा विपना ब्लोन र स्वस्थानी श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ ।

जुनियर ब्वाइज ओपनमा विकास मगर, पासाङ लामा, गोपाल थापा र सलिम थापा सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । सबै सेमिफाइनलका खेलहरु शुक्रबार हुने आयोजक नेपाल स्क्वास ¥याकेट्स संघले जनाएको छ । सबै विधाको फाइन्ल शनिबार हुनेछ ।

संघका अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा भएको प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि, जुनियर ब्वाइज ओपन र प्लेट गरी ५ विधा समावेश गरिएको छ ।

पुरुष एकलको विजेताले शिल्डसँगै २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुई जनाले समान १० हजार रुपैयाँ हात पार्नेछन् । महिला एकलको विजेताले शिल्डसँगै २० हजार, दोस्रोले १० हजार र तेस्रो हुने दुई जनाले समान ५ हजार हात पार्नेछन् । ब्वाइजको विजेताले १० हजार प्राप्त गर्नेछन् ।

जुनियरलाई प्रोत्साहनको लागि हरेक खेल जितेबापत् थप ५ सय थपिने संघका अध्यक्ष महर्जनले जानकारी गराए । यस्तै जुनियरतर्फका उत्कृष्ट खेलाडीहरुलाई संघबाट विशेष तालिम प्रदान गरिनेछ । मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि र प्लेट च्याम्पियनसिपको विजेताले ट्रफी पाउनेछन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.