3 years ago
August 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अमृत थापा मगर र अमिर ब्लोनले चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तरगत पुरुष खुल्लातर्फ विजयी सुरुवात गरेका छन् ।
सातदोबाटोस्थित स्क्वास कोर्टमा मंगलबार अमृतले राज श्रेष्ठलाई ११–१, ११–० र ११–४ को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । यस्तै अमिर ब्लोनले विनायक श्रेष्ठलाई ११–३, ११–५ र ११–९ को सेटमा हराएको छ ।
पुरुष एकलमै दीपक थापाले रिसव चोरीवाललाई ३–२ को सेटमा तथा राजेन्द्र शाक्यले सुभासिस थपलियालाई ३–० को सोझो सेटमा पराजित गरेको छ । यस्तै उमित शाक्य, दिव्य बज्राचार्य र गोपाल थापाले आफ्ना प्रतिद्धन्द्धीलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै अर्काे चरणमा प्रवेश गरेका छन् ।
मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि जितेन्द्र मान जोशी, विदुर धमला, इन्द्र कार्की, दिलिप अधिकारी, लाल बहादुर गुरुङ, धिर पुन, प्रज्वल प्रधान र सुदिप सिंहले सफलता हात पार्दा कुलेश थापाले वाकओभर तथा मनोज श्रेष्ठले रिटायर्ड हर्ड पाएका छन् ।
महिला एकलतर्फको एकमात्र खेलमा भावना सुनुवारले अस्मिता नगरकोटीलाई ११–५, ११–३ र ११–५ को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेकी छिन् । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा सोमबारदेखि शुरु भएको प्रतियोगिता २१ साउनसम्म चल्नेछ ।
संघका अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा भएको प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि, जुनियर ब्वाइज ओपन र प्लेट गरी ५ विधा समावेश गरिएको छ ।
पुरुष एकलको विजेताले शिल्डसँगै २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुई जनाले समान १० हजार रुपैयाँ हात पार्नेछन् । महिला एकलको विजेताले शिल्डसँगै २० हजार, दोस्रोले १० हजार र तेस्रो हुने दुई जनाले समान ५ हजार हात पार्नेछन् ।
ब्वाइजको विजेताले १० हजार प्राप्त गर्नेछन् । जुनियरलाई प्रोत्साहनको लागि हरेक खेल जितेबापत् थप ५ सय थपिने संघका अध्यक्ष महर्जनले जानकारी गराए । यस्तै जुनियरतर्फका उत्कृष्ट खेलाडीहरुलाई संघबाट विशेष तालिम प्रदान गरिनेछ । मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि र प्लेट च्याम्पियनसिपको विजेताले ट्रफी पाउनेछन् ।
संघका अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो । संघका अध्यक्ष महर्जनले आमा धनलक्ष्मीको सम्झनामा गैर नाफामुलक धनलक्ष्मी महर्जन फाउन्डेसन स्थापना गरेको छ ।
March 17, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- अमेरिकामा सामाजिक कार्य गर्न स्थापित वन स्टेप फाउन्डेसन र नेपालगन्ज म्याराथन बीच किशोरी खेलाडीलाई दौडमार्फत मुल धारमा ल्याउने सम्बन्धमा सम्झौता भएको छ । समाजमा पिछडिएका र आर्थिक अवस्था कमजोर रहेका मुस्लिम, मधेसी, दलित, जनजाति समुदायका किशोरीलाई दौडमार्फत एउटै मञ्चमा ल्याई उनीहरुलाई सशक्तीकरण गराउन दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा वन स्टेप […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]