3 years ago
August 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अजर केशर सिंह र रिद्धि शाक्यसँगै गोपाल थापा, विनायक श्रेष्ठ र राज श्रेष्ठले चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तरगत पुरुष खुल्लातर्फ विजयी सुरुवात गरेका छन् ।
सातदोबाटोस्थित स्क्वास कोर्टमा भएको पहिलो दिनको प्रतिस्पर्धामा अजरले दिव्य बज्राचार्यलाई तथा रिद्धिले सद्या प्रधानंगलाई ३–० को सोझो सेटमा पराजि तगर्दै विजयी सुरुवात गर्न सफल भएको हो ।
अजरले दिव्यलाई ११–४, ११–२ र ११–३ ले सहजै हरायो । यस्तै रिद्धिले सद्यामाथि १२–१०, ११–५ र ११–७ को सोझो सेटमा पराजित गरेको छ । यस्तै पुरुष खुल्लातर्फ गोपाल थापाले प्रयाग जोशीलाई ५–११, ११–१, ११–४ र ११–७ ले पराजित गरेको छ ।
विनायक श्रेष्ठले शिव कायस्थलाई ११–८, ११–१ र ११–९ ले तथा राज श्रेष्ठले राज महर्जनलाई १४–१६, ११–५, ११–५, ७–११ र ११–४ ले पराजित गर्दै अर्काे चरणमा प्रवेश गर्न सफल भएको छ । मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि सुरेश शाक्यले रत्न महर्जनलाई १२–१०, ११–७ र ११–९ ले तथा अनिल बज्राचार्यले जुनिल शाक्यलाई ११–५, ११–७ र ११–३ ले पराजित गर्दै विजयी सुरुवात गरेका छन् ।
नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा सोमबारदेखि शुरु भएको प्रतियोगिता २१ साउनसम्म चल्नेछ । संघका अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा भएको प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि, जुनियर ब्वाइज ओपन र प्लेट गरी ५ विधा समावेश गरिएको छ ।
पुरुष एकलको विजेताले शिल्डसँगै २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुई जनाले समान १० हजार रुपैयाँ हात पार्नेछन् । महिला एकलको विजेताले शिल्डसँगै २० हजार, दोस्रोले १० हजार र तेस्रो हुने दुई जनाले समान ५ हजार हात पार्नेछन् ।
ब्वाइजको विजेताले १० हजार प्राप्त गर्नेछन् । जुनियरलाई प्रोत्साहनको लागि हरेक खेल जितेबापत् थप ५ सय थपिने संघका अध्यक्ष महर्जनले जानकारी गराए । यस्तै जुनियरतर्फका उत्कृष्ट खेलाडीहरुलाई संघबाट विशेष तालिम प्रदान गरिनेछ । मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि र प्लेट च्याम्पियनसिपको विजेताले ट्रफी पाउनेछन् ।
संघका अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो । संघका अध्यक्ष महर्जनले आमा धनलक्ष्मीको सम्झनामा गैर नाफामुलक धनलक्ष्मी महर्जन फाउन्डेसन स्थापना गरेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]