3 years ago
July 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – किवानिज क्लब अफ एभरेष्टले सञ्चालन गर्दै आएको जुडो फर किड्स कार्यक्रमअन्तर्गत गोठाटारमा रहेको अनाथलय श्रृजनशील बाल गृहलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ ।
अष्ट्रेलियामा बस्दै आएका जुडो खेलाडी मोहन बमको पहलमा जुडो प्रेमी फ्रान्सका लाउरेन्ट डि ओलिभरले जुटाएको आर्थिक सहयोगबाट श्रृजनशीललाई सहयोग हस्तान्तरण गरिएको हो ।
अनाथलयमा आश्रित बालवालिकाका लागि ४५ हजार रुपैयाँको खाद्यान्न, त्यहाँ प्रशिक्षणरत जुडो खेलाडीका लागि ४२ हजार ५ सयको गी र त्यहाँका जुडो प्रशिक्षक उत्तमप्रताप राणाको पारिश्रमिक वापत ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो । श्रृजनशीलको भाडा वापत ६० हजार रुपैयाँ पनि हस्तान्तरण गरिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा ९ का अध्यक्ष अनिल थापा, किवानिजका डिस्ट्रिक्ट प्रमुख सल्लाहकार दामोदर दाहाललगायतले श्रृजनशीलकी अध्यक्ष उमादेवी बस्नेतलाई एक कार्यक्रमबीच सहयोग हस्तान्तरण गरे । विगतमा पनि लाउरेन्टले श्रृजनशीललाई सहयोग गरेका थिए ।
कार्यक्रममा अध्यक्ष थापाले सस्थाको स्थायी भवनको लागि नगरपालिका भित्र सरकारी जग्गा भोग चलनको लागि पहल गर्ने प्रतिबद्धता जनाउदै सहयोगी मन श्री लौरेन्ट दे ओलिभर, दामोदर ढकाल र मोहन बमलाई धन्यवाद दिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]