3 years ago
July 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्वी संघले इन्डोनेसियामा अर्काे सातादेखि आयोजना हुने एशिया रग्वी सेभेन्स ट्रफ्री –२०२२ को लागि नेपाली महिला राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
संघले बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट १२ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । अन्तिम टोलीमा सन्जिता बोम्जन, प्रतिक्षा वागले, पुनम भुजेल, सुष्मा था, विनिता शाही र अस्मिता बस्नेतले स्थान बनाउन सकेनन् ।
एशिया रग्वी सेभेन्स ट्रफ्री यहि अगष्ट ६ र ७ मा हुँदैछ । नेपाल रग्वीले चौथोपटक एसियाली स्तरको रग्वी प्रतियोगिता खेल्न लागेको हो ।
१८ सदस्यी टोली नेपालभरबाट छनोट भएको ३५ सदस्यीय टोलीबाट छनोट भएको थियो । नेपाली टोलीले झन्डै एक महिनादेखि निरन्तर प्रशिक्षण गरिरहेको छ । टोलीको प्रशिक्षकमा टंक राज गिरी र विनोद तामाङ रहेका छन् ।
नेपाली टोली
एलिशा थापा, सिर्जना राई, पञ्चमाया श्रेष्ठ, सावित्री पुर्जा, सविना महर्जन, नानी तामाङ, सुजिना गुरुङ, मनिषा थापा मगर, अप्सरा कार्की, विशाका राई, शर्मिला राई र अर्पना पौडेल
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]