default_image

3 years ago

July 29, 2022

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास अर्काे साता

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय राष्ट्रिय स्क्वास प्रतियोगिता अर्काे सातादेखि आयोजना हुने भएको छ ।

आयोजक नेपाल स्क्वास ¥याकेट्स संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता साउन १६ देखि २१ गतेसम्म सातदोबाटोस्थित स्क्वास कोर्टमा हुनेछ ।

संघका अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो । संघका अध्यक्ष महर्जनले आमा धनलक्ष्मीको सम्झनामा गैर नाफामुलक धनलक्ष्मी महर्जन फाउन्डेसन स्थापना गरेको छ ।

सोही फाउन्डेसनको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । संस्थाले खेलसँगै शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक कल्याण, दिगो बातावरण संरक्षण, महिला सशक्तीकरण र राहत जस्ता धेरै सामाजिक कार्यमा आफूलाई समर्पित गर्दै आएको छ ।

यस संस्करणमा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि, जुनियर ब्वाइज ओपन र प्लेट गरी ५ विधा समावेश गरिएको छ ।

पुरुष एकलको विजेताले शिल्डसँगै २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुई जनाले समान १० हजार रुपैयाँ हात पार्नेछन् । महिला एकलको विजेताले शिल्डसँगै २० हजार, दोस्रोले १० हजार र तेस्रो हुने दुई जनाले समान ५ हजार हात पार्नेछन् ।

ब्वाइजको विजेताले १० हजार प्राप्त गर्नेछन् । जुनियरलाई प्रोत्साहनको लागि हरेक खेल जितेबापत् थप ५ सय थपिने संघका अध्यक्ष महर्जनले जानकारी गराए । यस्तै जुनियर तर्फका उत्कृष्ट खेलाडीहरुलाई संघबाट विशेष तालिम प्रदान गरिनेछ । मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि र प्लेट च्याम्पियनसिपको विजेताले ट्रफी पाउनेछन् ।

प्रतियोगितामा १ सय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउने अआयोजकले अनुमान गरेको छ । पुरस्कारको लागि १ लाख ३५ हजार रुपैयाँ राखिएको छ ।

स्क्वासले दक्षिण एसियाली खेलकुदको हरेक संस्करणमा नेपाललाई पदक दिलाइरहेको छ । संघले हालैमात्र घरेलु स्क्वासको खेल स्तर उकास्न इटालीका क्वालिफाइड लेभल टु प्रशिक्षक रेन्जो एडोर्नालाई नियुक्त गर्दै एक महिना प्रशिक्षण दिएका थिए । विश्व स्तरीय प्रशिक्षक रेन्जोले नेपालका शीर्ष महिला स्क्वास्स खेलाडीहरुमध्ये महिला र पुरुषतर्फ पाँच पाँच खेलाडीलाई प्रशिक्षण दिएका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.