2 years ago
July 28, 2022
एजेन्सी – स्पिनर प्रभाथ जयसूर्या र रमेश मेन्डिसको उच्च प्रदर्शनमा घरेलु टोली श्रीलंकाले दोस्रो टेस्ट खेलमा पाकिस्तानमाथि २ सय ४६ रनको सानदार जित हात पारेको छ । योसँगै दुई टेस्ट खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ ।
जितको लागि ५ सय ८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले अन्तिम दिन २ सय ६१ रनमा अल आउट भयो । पाकिस्तानका कप्तान बाबर आजमले १ सय ४६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ८१ रनको इनिङ खेले । बाबर स्पिनर प्रभाथ जयसूर्याको बलमा एलबीडब्लू आउट भएपछि पाकिस्तानको बराबरी सम्भावना टाढिएको थियो ।
ओपनर अब्दुल्लाह शफिक १६, इमाम उल हक ४९, मोहम्मद रिजवान ३७ र यासिर शाह २७ रनमा आउट भए । श्रीलंकाका बायाँ हाते स्पिनर प्रभाथ जयसूर्याले सर्वाधिक पाँच र रमेश मेन्डिसले चार विकेट लिए ।
श्रीलंकाले दोस्रो इनिङमा चौथो दिन अन्तिम सेसनमा ८ विकेट गुमाउँदै ३ सय ६० रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा १ सय ४७ रनको अग्रता लिँदा समग्रमा ५ सय ७ रन बनाएको थियो ।
श्रीलंकाका तल्लोक्रमका धनन्जय डि सिल्भाले १ सय ७१ बलमा १६ चौकासहित सर्वाधिक १ सय ९ रनको शतकीय इनिङ खेले । उनी रन आउट भएका थिए । रमेश मेन्डिसले ५४ बलमा ५ चौकासहित ४५ रन जोडे ।
कुशल मेन्डिस १५, एन्जिलो म्याथ्युज ३५, दीनेश चान्डिमल २१ र कप्तान दिमुथ करुणारत्ने ६१ रनमा आउट भए । पाकिस्तानका मोहम्मद नवाज र नसिम शाहले दुई दुई विकेट लिए ।
त्यसअघि पाकिस्तान पहिलो इनिङ २ सय ३१ रनमा अल आउट भएको थियो । पाकिस्तानका सलमान अघाले १ सय २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६२ रन बनाएका थिए । ओपनर अब्दुल्ला सफिक शून्य र इमाम उल हकले ३२ रन बनाउँदै आउट भए ।
स्पिनर प्रभात जयसूर्याले १६ रनमा बोल्ड आउट गरेपछि श्रीलंका हाबी बनेको थियो । मोहम्मद रिजवान र फवाद आलम २४-२४ रनमा आउट भए । तल्लोक्रमका यासिर शाह २६, मोहम्मद नवाज १२ र हसन अली २१ रनमा आउट भए । श्रीलंकाका स्पिनर रमेश मेन्डिसले सर्वाधिक पाँच विकेट लिए । जयसूर्याले तीन विकेट लिए ।
पहिलो इनिङमा श्रीलंका टस जितेर पहिला ब्याटिङ गर्दै ३ सय ७८ रनमा अल आउट भयो । श्रीलंकाका मध्यक्रमका ब्याटर दीनेश चान्डिमलले आफ्नो उच्च लयलाई निरन्रता दिँदै १ सय ३७ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ८० रनमा आउट भए ।
श्रीलंकाले राम्रो सुरुवात पाएको थियो । पहिलो विकेटका लागि ओपनर करुणारत्ने र फर्नान्डोले ९२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए । फर्नान्डो ७० बलमा ४ चौका र ३ छक्कासहित ५० रनमा क्याच आउट भए । करुणारत्ने ९० बलमा ३ चौकासहित ४० रनमा आउट भए ।
तल्लोक्रमका निरोशन डिक्वेला ५४ बलमा ६ चौका र १ छक्कासहित ५१ रनमा आउट भए । कुशल मेन्डिस ३, एन्जिलो म्याथ्युज ४२, धनन्जय डि सिल्भा ३३ र रमेश मेन्डिस ३५ रनमा आउट भए ।
पाकिस्तानका यासिर शाह र नसिम शाहले समान तीन विकेट लिए । पाकिस्तान पहिलो खेलमा ४ विकेटले विजयी भएको थियो । धनन्जय डि सिल्भा खेलको प्लेयर अफ द म्याच चुनिए । जयसूर्या दुइृ खेलमा १७ विकेट लिँदै खेलको प्लेयर अफ द सिरिज चुनिए ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण रोकिएको छ । समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको थियाे । नेपालले सुपर फोरको पहिलो खेलमा श्रीलंकाको यु १९ टोलीसँग पहिलो खेल खेलिरहेको थियो । टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो ओभरको समाप्तीमा […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्स जितेकाे छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले बलिङ रोजेका छन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने फाइनलमा स्थान पक्का गरिसकेको […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी यु १९ महिला एसिया कपमा श्रीलंकाविरुद्ध नेपालले टस जितेको छ । मलेसियाको किन्नारा ओभलमा नेपालकी कप्तान पुजा महतोले टस जितेर बलिङ रोजेकी हुन् । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ मा स्थान बनाएका हुन् । भारत र पाकिस्तानसँग एकै समूहमा रहेको नेपालले पाकिस्तानलाई पराजित गर्दा […]