3 years ago
July 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्बाट अनिवार्य अवकाश प्राप्त बरिष्ठ अधिकृत बज्र बहादुर केसीलाई बुधबार एक कार्यक्रमबीच सदस्य सचिव टंकलाल घिसिङले खादा, अविर र मायाको चिनो प्रदान गर्दै बिदाई गरेका छन् ।
कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले केसीको आगामी दिनको लागि शुभकामना दिंदै परिषद्को पक्षमा रहेर सकारात्मक सोचका साथ आगाडी बढ्ने कर्मचारीको रुपमा पाएको र आगामी दिनमा पनि खेलकुद क्षेत्रले केसीको अनुभवलाई उपयोग गर्नेमा आफु बिश्वस्त रहेको बताए । उनले परिषद्मा कर्मचारीहरुले अन्यायपूर्ण जीवन विताईरहेको भन्दै आफु सदा कर्मचारीको साथमा रहने बताए ।
यस्तै बिदाई हुँदै गरेका केसीले ३०औं बर्ष खेलकुदमा कार्य गर्दा सेवका क्रममा केहि तिता, नमिठा कुराहरु भएमा त्यसलाई आत्मसाथ नगर्न र आफुले पनि त्यसलार्य सेवाका क्रममा भएको क्रियाकलापको रुपमा लिएको भन्दै अनिवार्य अवकासका कारण सेवाबाट बाध्यात्मक विदाई भएता पनि खेलकुदबाट टाढा नरहने बताए ।
यस्तै शुभकामनासहित बिदाई दिने क्रममा तालिम तथा प्रशिक्षण विभागका बरिष्ठ प्रशिक्षक अर्जुन बहादुर बिकले अनिवार्य अवकासका कारण विदाई भएता पनि केसी खेलकुदबाट टाढा नरहने बताए । कर्मचारीहरुको तर्फबाट संघका अध्यक्ष रञ्जन थापाले सेवाका क्रममा केसीसंगको सम्वन्ध आत्मिय भएको भन्दै आगामी समय सफलतापूर्वक बितोस भन्दै शुभकामना ब्यक्त गरे ।
खेलकुद विकास विभागका प्रमुख रहेका केसी २०४७ अशोज ९ गते नायव सुब्बाको रुपमा परिषदको प्रशासनिक सेवामा प्रवेश गरेका थिए । परिषद् अन्तरगत विभिन्न शाखा तथा विभागमा रहेर काम गरेका केसीको २०५४ अशोज १५ गते अधिकृतमा बढुवा भएको थियो । यस्तै २०६३ पौष २१ गते द्वितीय श्रेणीमा बढुवा भएका उनी २०७९ आषाढ १२ गते प्रथम श्रेणीमा बढुवा भएका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]