3 years ago
July 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतको चेन्नई शहरमा आयोजना हुने ४४औं चेस ओलम्पियाडमा सहभागी हुन नेपाली टोलीलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाई गरेका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आयोजित बिदाई समारोहमा टोलीलाई उच्च मनोबलका साथ सहभागी हुँदै विजय हासिल गर्नका लागि शुभकामना दिएका छन् ।
भारतको चेन्नई शहरमा जुलाई २८ बाट अगस्ट ९ तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालको तर्फबाट पुरुष तथा महिला दुई टोलिको सहभागीता रहने छ ।
सन् २००४ मा स्पेनमा सम्पन्न ३६औं चेस ओलम्पियाडबाट लगातार सहभागी पुरुषतर्फको राष्ट्रिय च्याम्पियन पुरुषोतम चौंलागाईं, फिडे मास्टरद्धय रुपेश जयसवाल तथा क्षितीज भण्डारी एवं क्यान्डिडेट मास्टरद्धय विवेक थिङ तथा मिलन लामा रहेका छन् ।
संघका उपाध्यक्ष एवं नेशनल ईन्स्ट्रक्टर धन बहादुर बोगटीले टिम क्याप्टेनको भुमिका निर्वाह गर्नेछन् । त्यसैगरी २०१४ मा नर्वेमा सम्पन्न ४१औं चेस ओलम्पियाडबाट यात्रा थालनी गरेको नेपाली महिला टोलीमा नेशनल च्याम्पियन वुमन फिडे मास्टर सुजना लोहनी, कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति धिमाल रहेका छन् ।
महिला टिमको जिम्मेवारी पूर्व राष्ट्रिय च्याम्पियन क्यान्डिडेट मास्टर भुपेन्द्र निरौलाले पाएका छन् । नेपाली टोलीको हेड अफ द डेलिगेट (टिम म्यानेजर) को रुपमा संघका महासचिव धरम बहादुर लामा सहभागी हुँदैछन् ।
संघका सचिवद्धय अन्र्तराष्ट्रिय आर्विटर उमेश केसी तथा फिडे आर्विटर मोनालिशा खम्बु ४४औं चेस ओलम्पियाडमा आर्विटरको रुपमा सहभागी हुँदैछन् । केसी तथा खम्बु दुबैलाई फिडेको आर्विटर कमिशनले म्याच आर्विटर नियुक्त गरेको हो ।
त्यसैगरी जुलाई ३१ देखि अगस्ट ९ तारिखसम्म आयोजना हुने अन्र्तराष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ९३औं फिडे कंग्रेसमा नेपालको तर्फबाट नेपाल बुद्धिचाल संघका अध्यक्ष बिदुरप्रसाद गौतमले प्रतिनिधित्व गर्नेछन् ।
कंग्रेसले फिडेको नयाँ कार्यसमिति समेत निर्वाचित गर्नेछ । कंग्रेस अन्र्तगत आयोजना हुने विभिन्न बैठकमा सहभागिताका लागि नेपाल बुद्धिचाल संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद रिजाल, उपाध्यक्ष नारायणदास गमाल तथा कोषाध्यक्ष ज्ञानेन्द्र महर्जन समेत गरी जम्मा १९ सदस्यीय टोली बुधबार दिउँसो चेन्नई प्रस्थान गर्नेछ ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]