3 years ago
July 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मनकामना फुटसलले दोस्रो एसईई फुटसल प्रतियोगिताको उपाधि जितेको छ । एबिसी फुटबल एकेडेमीद्वारा सेक्रेड हार्ट स्कुलको फुटसल ग्राउण्डमा भएको खेलमा क्रिजल फुटबल क्लवलाई पराजित गर्दै मनकामनाले उपाधि जितेको हो ।
उपाधिसँगै मनकामनाले ४० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको क्रिजल फुटबल क्लबले २० हजार रुपैयाँ हात पारेको छ ।
मनकामनाका विवेक श्रेष्ठ उत्कृष्ट गोलरक्षक तथा क्रिजलका सञ्जय स्याङ्तान उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले समान २ हजार रुपैया प्राप्त गरे । यि खेलाडीले सेक्रेड हार्टमा पढ्न चाहेमा ११ र १२ कक्षामा पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन् । राजन मेमोरियलले फेयर प्ले अवार्ड हात पारेको छ ।
विजयी टोली तथा खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दिपक खतिवडा र सेक्रेड हार्ट स्कुलका प्रिन्सिपल बद्रीनाथ भट्टलगायतले पुरस्कृत गरे । विद्यालयका प्रिन्सिपल बद्रीनाथ भट्टले विद्यार्थीको चौतर्फी विकासका लागि सेक्रेड हार्ट स्कुलले सदैव सहयोगको लागि तयार रहेको बताए ।
फाइनल दौरान एबिसी क्लवका अध्यक्ष, विभिन्न विद्यालयका प्रन्सिपल तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । लिग कम नकआउटका आधारमा साउन ५ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]