default_image

8 years ago

December 16, 2016

छायाँ एनओसी रहन सक्छन् –अध्यक्ष श्रेष्ठ

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नवौं साधारण सभा रोक्न बाध्य भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा दोस्रो नेसनल स्पोर्ट्स कंग्रेस शुक्रबार राजधानीमा सुरु भएको छ । एनओसीमा आबद्ध २६ संघका २/२ जना र अन्य खेलकुदसँग सम्बन्धित प्रतिनिधिहरुको सहभागिता रहेको कंग्रेसको उद्घाटन एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए ।

noc-congress-1

अध्यक्ष श्रेष्ठले आफ्नो नेतृत्वमा रहेको एनओसी नै अन्तर्राष्ट्रिय मान्यता प्राप्त रहेको दोहोराए । ‘एउटा देशमा एउटा सरकार हुन्छ ’ उनले भने, ‘त्यस्तै एनओसी पनि एउटै हुन्छ । राजनीतिमा विभिन्न देशमा छायाँ सरकारको अभ्यास छ, यहाँ पनि एनओसीको छाँया सरकार छ भने हामीलाई त्यसमा केही भन्नु छैन ।’

कंग्रेसका बारेमा चर्चा गर्दै श्रेष्ठले नेपाली खेलकुदको वर्तमान अवस्था, खेलकुद विकास कसरी गर्न सकिन्छ भन्ने विभिन्न अभ्यास र सरकारलाई ध्यानाकर्षण गराउनु पर्ने विषयमा छलफल हुने बताए । पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले खेलकुद ऐन प्रष्ट र समयानकुल नभएकोले समय समयमा एनओसी विवादमा परेको विचार राखे ।

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले स्पोर्टस् कंगे्रसले नेपाली खेलकुद विकासमा टेवा पोगोस् भन्ने कामना गरे । ‘विश्व खेलकुद कसरी चलेको छ भन्ने हाम्रा राष्ट्रिय संघका अध्यक्ष महासचिवले जान्नु पर्दछ ’ उनले भने ‘त्यसका लागि यो कंग्रेस सही ठाँउ बन्न सकोस् । ’

दुई दिन सम्म चल्ने कंग्रेसको पहिलो दिन ओलम्पिक मुभमेन्टको संरचना, मार्केटिङ, खेलकुदमा महिला शसक्तिकरण, स्पोर्टस् साइकोलोजी एन्ड मोटिभेसन, मिसन २०२० लगायतमा छलफल हुने एनओसीले जनाएको छ ।

noc-congress

अघिल्लो दिन साधारण सभा रोकिएपछि कंग्रेस पनि स्थगित हुने अशंका थियो । गृह मन्त्रालयको निर्देशनमा ललितपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारको लागि तय भएको साधारण एनओसीलाई साधारण रोक्न लगाएको थियो । सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गराउनु भन्दै निर्णय कार्यान्वयन शाखाको पत्रका आधारमा गृहले आफ्नो निकाय निर्देशन दिएको थियो ।

२०६७ मा सर्वोच्च अदालतको रुक्म शम्सेर राणा अध्यक्ष रहेको एनओसी वैद्यानिक रहेको निर्णय कार्यान्वय गरेको थियो । यद्दपी नेपालमा भने राणाकै नेतृत्वमा निर्वाचित समितिको निरन्तरता रहेको एनओसीलाई अन्तर्राष्ट्रिय मान्यता रहँदै आएको छ ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.