default_image

2 years ago

July 24, 2022

दिपेन्द्र र प्रतिज्ञालाई दोहोरो स्वर्ण

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो कल्चर एक्स्पोको १५औं संस्करणमा दुई नेपाली खेलाडीले दोहोरो स्वर्ण जितेका छन् ।

दिपेन्द्रबहादुर नेपालीले सिनियर पुरुष ८० केजीमाथिको तौल समूहमा भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । दिपेन्द्रले पुम्से बिधामा पनि स्वर्ण जिते । दिपेन्द्र विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् ।

यस्तै प्रतिज्ञा भण्डारीले पनि दोहोरो स्वर्ण जितिन् । प्रतिज्ञाले ७० केजीमाथि फाइनलमा इजिप्टका खेलाडीलाई हराउदै स्वर्ण हात पारिन् । प्रतिज्ञाले अर्को स्वर्ण पुम्से विधामा हासिल गरिन् ।

November 22, 2024

फाल्डो यु-२१ को उपाधि विजेता सदभावलाई स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल २८औं संस्करणको यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य स्वदेश फर्किएका छन्। सदभावलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले तथा संघका पदाधिकारीहरुले स्वागत गरे। नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा […]

November 21, 2024

फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल- सदभावले जिते यु २१ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फको उपाधि जितेका छन्। नेपालले फाल्डो सिरिज ग्रान्ड फाइनलमा उपाधि जितेको यो पहिलो पटक हो। सदभाव ओभरअलतर्फ दोस्रो भए।युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन बिहीवार १-अन्डर ६९ स्कोर […]

November 21, 2024

विराटनगरको ट्यालेन्ट हन्टबाट तीन खेलाडी छनोट

काठमाडौं(हाम्रो खेलकुद) – विराटनगर किङ्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि ट्यालेन्ट हन्टबाट तीन जना खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका ५ जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका ३ जना उत्कृष्ट खेलाडीको नाम बिहिबार सामाजिक संजाल मार्फत सार्वजनिक गरेको हो । विराटनगरले ‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको छ […]

Success

Thank you for your time.