3 years ago
July 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल केनशिनकान कराते संघको आयोजनामा अर्काे महिना बनेपामा राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ ।
आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता ४ भदौंमा हुने जानकारी गराएको हो । प्रतियोगितमा पुरुष ३५ केजीमुनि, ४५ केजीमुनि, ५५ केजीमुनि, महिलातर्फ ३५ केजीमुनि, ५० केजीमुनि र खुल्ला तौल समूह गरि कुल सात तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितमा विभागिय क्लब, विभिन्न कराते संघ र डोजोबाट करिब २ सय ५० खेलाडीहरुको सहभागिता रहने बताइएको छ । प्रत्येक तौल समूहको विजेताले १५ हजार रुपैयाँ, दोस्रो हुनेले १० हजार र तेस्रो स्थानमा रहने दुई खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
संघका महासचिव राजन खत्रीले उदियमान कराते खेलाडी उत्पादन गर्दै जाने र वर्तमान खेलाडीहरुलाई प्रतियोगिताको माध्यमबाट आफ्नो क्षमता प्रदर्शनमा हौसला प्रदान गर्ने यस केनशिनकान कराते आयोजना गर्न लागेको बताए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]