3 years ago
July 19, 2022
पोखरा (हाम्रो खेलकुद) – पोखरा विश्वविद्यालय क्रिकेट क्लवको अभिषेक यादवको अध्यक्षतमा चौथौ नयाँ कार्य समिति चयन गरेको छ। पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सोमबार वसेको वैठकबाट अध्यक्षमा अभिषेक यादव, उपाध्यक्षमा विज्ञान कार्की, श्रद्धा बञ्जारा, सचिवमा जगदिश भण्डारी, सहसचिवमा संदेश श्रेष्ठ चएन भएका हुन् ।
त्यस्तै सदस्यहरुमा लोकेन्द्र चन्द ,दीपेन्द्र शर्मा (मेस्सी), सुबाश बास्तोला र तृष्णा देवकोटा छन् । वोमन कोर्डिनेटरमा दीपा तिवारी , एड्भाइजरी कमिटीमा प्रशान्त भुषाल ,विकल बराल ,भुपेन्द्र भट्ट ,संदेश रेग्मी चयन गरेको जानकारी पोखरा विश्वविद्यालय क्रिकेट क्लबका निवर्तमान अध्यक्ष भुपेन्द्र भट्टले जानकारी दिएका छन् ।
ूपोखरा विश्विद्यालयको क्रिकेट क्लवलाई आफ्नो कार्यकालमा थप उचाइ दिने, क्रिकेटलाई विश्वविद्यालयमा प्रोत्साहन गर्न थप लगनशीलता साथ लाग्ने प्रतिबद्धता ,आउने दिनमा नयाँ कार्यक्रम र वार्षिक क्यालेन्डर सहित पोखरा विश्वविद्यालयमा क्रिकेटलाई उजागर गर्ने छौं, निर्वाचित अध्यक्ष अभिषेक यादवले भने ।
यस क्लबले महिला क्रिकेट विकासको लागि वुमन्स पोखरा युनिभर्सिटी क्रिकेट लिगको दुई संस्करण सम्पन्न गराई सकेको छ । त्यस्तै पोखरा युनिभसिर्टी क्रिकेट लिगका चार संस्करण सम्पन्न भएका छन् । चौथो संस्करणमा नेपाली टोलीबाट खेलि सकेका कुशल मल्ल, अभिनाश बोहरा, विक्रम सोब, कलमसिंह ऐरी, घरेलु क्रिकेटका विपिन रावल र खडक बोहरा लगायतका खेलाडीहरु खेलेका थिए ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]