3 years ago
July 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनीकी निशा चौधरीले १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको लङजम्पमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । निशाले सिनियरको राष्ट्रिय कीर्तिमान् बुधबार तोडे राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।
छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि लङजम्पमा शिलाको कीर्तिमान थियो । उनले सन् २०१८ अप्रिल २३ मा ५.४५ मिटरको कीर्तिमान बनाएकी थिइन् । जुनियरमा भने यो स्पर्धाको कीर्तिमान विपना परियारको नाममा ५.०९ मिटर थियो । निशाले मंगलबार १ सय मिटर दौडमा पनि १२.५३ सेकेन्ड समय निकाल्दै जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
राखेपको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निशासहित रेशु थारु, रामकुमारी थारु र सम्झना थारु सम्मिलित लुम्बिनी टोलीले ४ गुणा १ सय मिटर रिले ५४.२० सेकेन्डमा पूरा गर्दै जुनियर राष्ट्रिय कीर्तिमान बनाएको छ । यसअघि तत्कालिन पश्चिमाञ्चलको नामा ५४.४० सेकेन्डको कीर्तिमान थियो ।
जुनियरमै अर्को कीर्तिमान छात्र लङजम्पमा लुम्बिनीका सलिम देवानले बनाए । उनले ६.८४ जम्प गर्दै २०६५ मा भुवन महतोको नाममा रहेको ६.५३ मिटरको कीर्तिमान भंग गरे । यसै स्पर्धामा दोश्रो भएका लुम्बिनीका सुदिप थारुले पनि भुवनको कीर्तिमान उछिन्ने क्रममा ६.६५ मिटरको प्रदर्शन गरेका थिए ।
करातेमा बागमती टिम च्याम्पियन
करातेमा ४ स्वर्ण, ३ रजत र ४ कांस्य पदकसाथ बागमती टिम च्याम्पियन बनेको छ । २ स्वर्ण, ३ रजत र १ कांस्यसाथ सुदूरपश्चिम दोश्रो तथा गण्डकीले २ स्वर्ण, १ रजत र ४ कांस्य पदकका साथ तेस्रो भएको छ ।
गण्डकी र लुम्बिनी भलिबलको फाइनलमा
भलिबलको छात्रमा गण्डकीले कर्णालीलाई २५–१५ र २५–१७ तथा लुम्बिनीले सुदूरपश्चिमलाई २५–१४ र २५–१८ को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगे । छात्रामा लुम्बिनीले कर्णालीलाई २५–१० र २५–१३ तथा बागमतीले गण्डकीलाई २५–१४ र २५–१३ को सीधा सेटमा हराउदै फाइनल पुगेका छन् ।
तेक्वान्दोमा बागमती च्याम्पियन
तेक्वान्दोमा बागमती टिम च्याम्पियन बनेको छ । ४ स्वर्ण, १ रजत र २ कांस्य पदकका बागमती समग्रमा टिम च्याम्पियन बनेको छ । दोश्रो भएको लुम्बिनीले १ स्वर्ण तथा समान ३ रजत र कांस्य पदक जितेको छ । तेश्रो स्थानमा रहेको सुदूरपश्चिमले १ स्वर्ण पदक जितेको छ ।
छात्रा कबड्डीमा सुदूरपश्चिमलाई उपाधि
कबड्डीको छात्रामा सुदूरपश्चिमले उपाधि हात पा¥यो । ५ टिम सहभागी राउन्ड रोविन लिगमा सुदूरपश्चिमले शत प्रतिशत जित निकाल्दै उपाधि जितेको हो । सुदूरपश्चिमले ८ अंक जोड्यो । गण्डकी ६ अंकसाथ दोश्रो भयो । तेश्रो हुने टिमको बिहीबार टुंगो लाग्ने छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्रको प्रतिस्पर्धामा समान ६–६ अंक जोडेका सुदूरपश्चिम र लुम्बिनीबीच उपाधि भिडन्त हुने भएको छ । छात्रमा पनि ५ टिम सहभागी छन् ।
उसुमा पनि बागमती नै विजेता
उसुमा पनि बागमती नै टिम च्याम्पियन बनेको छ । बागमतीले ३ स्वर्ण, २ रजत र ५ कांस्य पदक जितेको छ । राखेपको कभर्डहलमा २ स्वर्ण, ३ रजत र १ कांस्यसाथ सुदूरपश्चिम दोश्रो तथा कर्णालीले १ स्वर्ण पदकका साथ तेस्रो भएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]