3 years ago
July 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रमको सोमबार एक कार्यक्रमबीच उद्घाटन भएको छ ।
अभिबृद्धि कार्यक्रमको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा मानव बेचविखन विरुद्ध आवाज उठाउदै आएकी चरीमाया तामाङ र १५ वर्षको उमेरमा एसिड आक्रमणमा परी घाइते भएकी मुस्कान खातुनको साहसको कदर गर्दै राखेपले सम्मान गरेको थियो ।
सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका विद्यार्थीका लागि आत्मरक्षा सम्बन्धी तालिम पनि दिइएको थियो । कार्यक्रममा उपत्यकाका ३ सहित २१ जिल्लामा सञ्चालन गरिने छ । कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत करिब ४ हजार छात्राको सहभागिता रहने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् ।
प्रशिक्षार्थीहरुलाई नेपाल केआईएफ कुरोदय संघ र नेपाल मार्सल सेल्फ डिफेन्स संघले आत्मरक्षा सम्बन्धी तालिम दिने छन् । फुटबल, भलिबल, तेक्वान्दो, कराते र रग्बी खेलको प्रशिक्षण पनि दिइने छ ।
राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का विज्ञहरुले मनोविज्ञान सम्बन्धी प्रशिक्षण दिने छन् । कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुनेछ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]