3 years ago
July 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नासिर याह्या हुसेनले १०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा थप ३ स्वर्ण जितेका छन् । योसँगै उनले यस प्रतियोगितामा ५ स्वर्ण हात पार्न सफल भएका छन् ।
नेपाल पौडी संघको आयोजनामा सातदोबाटोस्थित पौडी पोखरीमा भइरहेको प्रतियोगितामा नासिरले सोमबार २०० मिटर फ्रिस्टायल, १०० मिटर ब्रेष्ट स्ट्रोक र १०० मिटर बटरफ्लाईमा स्वर्ण जितेका हुन् ।
नासिरले २०० मिटर फ्रिस्टायलमा २ मिनेट ३.८० सेकेन्डका साथ स्वर्ण जिते । दोश्रो भएका ईरभिन श्रेष्ठले २ मिनेट ८.९४ सेकेन्डमा पुरा गरे । यस्तै तेश्रो स्थानमा रहेका तेन्जिन नामडोल रायन गुरुङले २ मिनेट ९.०३ सेकेन्ड समय खर्चिए ।
यस्तै १०० मिटर ब्रेष्ट स्ट्रोकमा नासिरले १ मिनेट १२.४५ सेकेन्डमा पुरा गर्दै स्वर्ण जिते । दोश्रो भएका विकास कुमालले १ मिनेट १२.६८ सेकेन्डमा दुरी पुरा गरे । तेश्रो भएका दिपांकर अवालेले १ मिनेट १४.६० सेकेन्डमा दुरी पुरा गरे ।
१०० मिटर बटरफ्लाईमा नासिरले ५९.६० सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते । यस विधामा अनुभव सुब्बाले १ मिनेट ००.२५ सेकेन्डमा दुरी पुरा गर्दै रजत र अल्भिन महर्जनले १ मिनेट ५.२९ सेकेन्डका साथ कास्य पदक प्राप्त गरे ।
महिलातर्फ दुवाना लामाले २ स्वर्ण र एक रजत प्राप्त गरिन् । दुवानाले २०० मिटर फ्रिस्टायलमा २ मिनेट १८.०५ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जितिन् । निभा मास्केले २ मिनेट १९.१५ सेकेन्डमा दुरी पुरा गर्दै रजत र अनुशिया तण्डुकारले २ मिनेट २४.७० सेकेन्डसहित कास्य जितिन् ।
यस्तै दुवानाले १०० मिटर ब्रेष्टस्ट्रोकमा १ मिनेट १८.७७ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण पाईन् । यस विधामा उपास्थी महर्जनले रजत प्राप्त गरिन् । उनले उक्त दुरी १ मिनेट २३.६३ सेकेन्डमा पुरा गरिन् । तेश्रो भएकी रोयल प्रजापतीले १ मिनेट २६.६७ सेकेन्डमा दुरी पुरा गरिन् ।
१०० मिटर बटरफ्लाईमा निभा मास्केसँग पछि पर्दै दुवानाले रजतमा सीमित बनिन् । निभाले १ मिनेट ९.५१ सेकेन्डमा साथ स्वर्ण, दुवानाले १ मिनेट १२.३८ सेकेन्डका साथ रजत र सियरा सुभांगी बजगाईले १ मिनेट २४.१५ सेकेन्डका साथ कास्य पाईन् । प्रतियोगिता बुधबारसम्म सञ्चालन हुनेछ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]