8 years ago
December 15, 2016
काठमाडौं (हाम्रो खेलकुद)– केही समय मथ्थर जस्तो देखिएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद फेरी ब्युतिएको छ । वैधानिकता सम्बन्धि विवादले एनओसी लामो समयदेखि विवादमा रहँदै आएको छ, फरक यति हो कुनै समय अलि चर्किन्छ र कुनै समय अलि मथ्थर हुन्छ । पूर्ण रुपमा विवादको अन्त्य भने भएको छैन ।
यसपटक पुनः वैधानिकता सम्बन्धि विवादकै कारण बिहीबारका लागि तय भएको एनओसीको नवौं साधारण सभा स्थगित भएको छ । अर्को निर्णय नभएसम्मका लागि साधारण सभा स्थागित गरेको एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए । ललितपुर जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयको निर्देशानुसार साधारण सभा स्थगित गर्न सुचित गरेपछि एनओसीले सभा स्थागित गरेको हो । सर्वोच्च अदालतले २०६७ असोज १८ गते रुक्म शम्सेर राणा अध्यक्ष रहेको एनओसी वैधानिक रहेको फैसला गरेयता विवाद चल्दै आएको छ ।
सर्वोच्चको निर्णय कार्यान्वयन शाखाको पत्रका आधारमा गृह मन्त्रालयले ललितपुर जिप्रकालाई साधारणभा रोक्न निर्देशन दिएको थियो । २०६३ सालमा राणाकै कार्याकालयमा पुनरावेदन अदालत पाटनको अन्तरिम आदेशलाई वेवास्ता गर्दै निर्वाचन भएको थियो । जसमा राणा कार्यकालका महासचिव ध्रुबबहादुर प्रधान अध्यक्षमा निर्वाचित भएका थिए भने जीवनराम श्रेष्ठ महासचिवमा चयन भएका थिए । राणाको कार्यसमितिमा रहेका कमल चित्रकार र प्रसन्नमान श्रेष्ठको रिटमा सर्वोच्चले निर्वाचन सकिएको चार बर्षपछि सोही एनओसीलाई वैद्यानिकता दिएको थियो । गत भदौं मा भएको निर्वाचनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका थिए । प्रधानले भने विदाई लिएका थिए ।
एनओसी अध्यक्ष श्रेष्ठ अदालतको पछिल्लो निर्णयका बारेमा धेरैलाई जानकारी नभएकाले पनि अन्यौल कायम रहेको बताउँछन् । अदालतको अपहेना सम्बन्धी तत्कालिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य चिव युवराज लामाले २०७२ सालमा हालेको मुद्दामा अदालतले मानहानी नभएको र आफुहरुलाई आधिकारिक भएको निर्णय गरेको श्रेष्ठले दाबी गरेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]