3 years ago
July 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली धावक कृष्ण बहादुर बस्नेतले विश्व एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
जुलाई १५ देखि २४ तारिखसम्म अमेरिकाको पोर्टल्यान्डमा हुने प्रतियोगिताको म्याराथनमा कृष्णले प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघले जनाएको छ ।
नेपाली सेनाका कृष्ण बहादुर बस्नेतले गत फागुनमा भएको प्रधानसेनापति खुला म्याराथनको उपाधि जितेका थिए । उनले निर्धारित दुरी २ घन्टा १९ मिनेट ५७ सेकेन्डमा पुरा गरेका थिए ।उनीसहितको ३ सदस्यीय टोली मंगलबार पोर्टल्यान्ड प्रस्थान गर्दै छ ।
व्यवस्थापकमा नेपाल एथलेटिक्स संघका महासचिव धनवीर चौधरी तथा अफिसियलमा सचिव आरके विष्ट रहेका छन् । टोलीलाई एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले सोमबार एक कार्यक्रमबीच बिदाई गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]