default_image

3 years ago

July 11, 2022

सिंगापुरविरुद्ध जिम्बावेको रनको वर्षा

79 views

0 Bookmark

एजेन्सी – घरेलु टोली जिम्बावेले आइसिसी टि२० विश्वकप छनोट बी को पहिलो खेलमा सिंगापुरलाई २ सय ३७ रनको विशाल लक्ष्य दिएको छ ।


क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ थालेको जिम्बावेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३६ रन बनायो । जिम्बावेका सिकन्दर राजाले ४० बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक ८७ रन बनाए ।

उनको टि२० आई करिअरको उच्च प्रदर्शन हो । सेन विलियम्स ३५ बलमा ५ चौका र १ छक्कासहित ५३ रनमा आउट भए । ओपनर रेजिस चकभा १२ बलमा ४ चौकासहित २४ रनमा आउट भए । कप्तान क्रेग एर्विनले १६ बलमा ५ चौका र २ छक्कासहित ३४ रन बनाए ।

जिम्बावेले टि२० आई मा बनाएको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि जिम्बावेले २०१२ मा न्युजिल्यान्डविरुद्ध २ सय रन बनाएको थियो ।

त्यस्तै अर्को खेलमा जर्सीले अमेरिकालाई १ सय ५५ रनको लक्ष्य दिएको छ । जर्सीका आसा ट्रिबीले ४५ बलमा १ चौका र ७ छक्कासहित सर्वाधिक ७३ रन बनाए । प्रतियोगिता शीर्ष दुई टोली आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छन् ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.