3 years ago
July 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एन्जल्स हार्ट कलेजको आयोजनामा प्रथम एन्जल्स एसइइ कप छात्र फुटसल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ३० टिमको सहभागिता रहने एन्जल्स हार्ट एडुकेसन फाउन्डेसनका अध्यक्ष लीलबहादुर पुनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
अध्यक्ष पुनले क्रिकेट, भलिबल, बास्केटबल र एथलेटिक्स प्रतियोगिता आयोजना गर्दै आएकोमा एन्जल्स हार्टले पहिलो पटक फुटसल आयोजना गर्न लागेको बताए । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
साथै एन्जल्समा प्लस टु अध्ययन गर्न चाहेमा पहिलो हुनेलाई १०० प्रतिशत, दोश्रोलाई ७५ प्रतिशत र सहभागीलाई ३५ प्रतिशत छात्रवृत्ति पनि प्रदान गरी एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले जानकारी दिए ।
चारदिने प्रतियोगिताका खेलहरु मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको ए वान फुटसलमा हुनेछ । पत्रकार सम्मेलनमा तार्केश्वर नगरपालिका वडा १० का अध्यक्ष कुमार राई, प्रा.डा. लोकेन्द्र शेरचन, प्रोफेसर श्यामकृष्ण विष्ट, एन्जल्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिम थापालगायतको उपस्थिति थियो ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]