3 years ago
July 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक प्रिमियर इन्टरनेसनल स्कुल प्रथम एसइइ कपअन्तर्गत ब्वाइज फुटसल तथा बास्केटबल प्रतियोगिताको फुटसलतर्फ आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
खुमल्टारस्थितस्थित आयोजकको हातामा भएको खेलमा प्रिमियरले अक्षरालाई २–० गोलले पराजित ग¥यो । स्वस्तिश्री गुरुकुल पनि क्वाटरफाइनलमा स्थान बनाएको छ ।
त्यस्तै यस गुरुकुल, रोजर एफसी, स्वस्तिश्री ग्रिन, काष्ठमण्डप, नो मर्सी, रोजबड, साइपाल एकेडेमी, सोसियल वेल्फेयर, स्वस्तिश्री रेड, शान्तिनगर फुटसल र मानेश्वरी प्रिक्वाटरफाइनलमा पुगे ।
बास्केटबलको थ्री बाइ थ्रीमा न्यु जेनिथ ‘ए’, एन्जल्स हार्ट, नखिपोट, एमआईएस, ऋत एकेडेमी र पाठशाला नेपालले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
प्रतियोगिताको प्रिमियरका प्रबन्ध निर्देशक बसन्त थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । फुटसलमा २४ तथा बास्केटबलमा १६ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक राजु श्रेष्ठले जनाएका छन् । फुटसलमा विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
बास्केटबलमा पहिलोलाई ३५ हजार र दोश्रोलाई २० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]