3 years ago
July 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नासिर याह्या हुसेन र निभा मास्केले १०औं एनएसए कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा पहिलो दिन दोहोरो स्वर्ण हात पार्न सफल भएका छन् ।
नेपाल पौडी संघले आयोजनामा आइतबारदेखि सातदोबाटोस्थित पौडी पोखरीमा शुरु भएको प्रतियोगितामा नासिरले २०० मिटर इन्डिभिजुअल मिड्ले र १०० मिटर फ्रि स्टाइलमा स्वर्ण जित्न सफल भएको हो । निभाले ५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टाइलमा स्वर्ण जित्दै दोहोरो स्वर्ण जितेकी हुन् ।
उमेर समूह पौडी प्रतियोगिताको महिला २०० मिटर ईन्डिभिजुअल मिड्लेमा डुवाना लामाले खुलातर्फ बिजयी हात पार्न सफल भइन् । लामाले उक्त दुरी २ मिनेट ३७.१७ सेकेन्डका साथ स्वर्ण जितिन् । सो स्पर्धामा निभा मास्के २ मिनट ४०.२१ सेकेन्डका साथ दोश्रो र सियरा सुभांगी बजाज ३ मिनेट १.७४ सेकेन्डसहित तेस्रो भइन् ।
पुरुषतर्फ सोही स्पर्धामा नासिर याह्या हुसेनले स्वर्ण जिते । उनले सो दुरी २ मिनेट १८.५९ सेकेन्डमा पुरा गरे । सेरेन सिंह २ मिनेट २९.८९ सेकेन्डमा पुरा गर्दै दोश्रो र २ मिनेट ३४.४१ सेकेन्डका साथ विकास कुमाल तेश्रोे भए ।
महिला ५० मिटर ब्याकस्ट्रोकमा निभा मास्केले स्वर्ण जितिन् । उनले ३५.९० सेकेन्डमा दुरी पुरा गरेकी हुन् । यस्तै दोश्रो स्थानमा ३७.९६ सेकेन्डका साथ रोयल प्रजापति र ३८.११ सेकेन्डका साथ आर्या महर्जन तेश्रो भईन् । पुरुषतर्फ तेन्जिङ नामदोल रायन गुरुङले ३१.६१ सेकेन्डसहित स्वर्ण हात पारे । दोश्रो स्थानमा अनुभव सुब्बा रहे । उनले ३२.४२ सेकेन्डम दुरी पुरा गरे । यस्तै ३३.९८ सेकेन्डका साथ गौरभ लामा तेस्रो भए ।
महिला १०० मिटर फ्रि स्टाइलमा डुवाना लामालाई पछि पार्दै निभा मास्केले स्वर्ण हात पारिन् । निभाले उक्त दुरी १ मिनेट २.८७ सेकेन्डमा पुरा गरे । डुवानाको समय १ मिनेट ३.७८ सेकेन्डमा पुरा गरिन् । तेस्रो स्थान हासिल गरेकी अनुसिया तण्डुकारले १ मिनेट ५.१७ सेकेन्डमा दुरी पुरा गरिन् ।
पुरुषतर्फ नासिर याह्या हुसेनले ५५.८१ सेकेन्डका साथ स्वर्ण हात पारे । दोश्रो स्थानमा रहेका अनुभव सुब्बाले ५८.३० सेकेन्डमा र तेश्रो स्थानमा रहेका सुविग्य मान तुलाधरले ५८.३७ सेकेन्डमा दुरी पुरा गरे ।
बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, सचिव रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कृत गरे ।
प्रतियोगिता मंगलबारसम्म चल्नेछ । अन्तिम दिन १३औं सागमा पौडीबाट पदक विजेता महिला खेलाडीलाई नगदसहित सम्मानित गरिने कार्यक्रमा रहेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]