3 years ago
July 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – हाम्रो फुटसल टोलीले एनएफपिजे मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौंमा शनिबार भएको एक दिने प्रतियोगितामा फोटो पत्रकार संघ धादिङलाई ४–२ ले पराजित गर्दै हाम्रो फुटसलले उपाधि हात पारेको हो ।
काठमाडौं सानो भ¥याङस्थित स्वस्तिश्री गुरुकुल आइवी वल्ड स्कुलको फुटसल मैदानमा हाम्रो फुटसललाई च्याम्पियन बनाउन फाइनलमा बासु अवाल र आशिष पुडासैनीले समान दुई गोल गरे ।
उपाधिसँगै हाम्रो फुटसलले शिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको धादिङ र तेस्रो भएको तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालले मेडल र प्रमाणपत्र हात पारेको छ ।
हाम्रो फुटसलका बासु अवाल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी तथा धादिङका श्री कृष्ण भण्डारी उत्कृष्ट गोलरक्षक चुनिए । उनीहरु दुवैले मेडल र प्रमाणपत्र हात पारे । विजयी टोली तथा खेलाडीलाई संघका अध्यक्ष प्रदीप राज वन्त लगायतले पुरस्कृत गरे ।
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपिजे) नेपालले आफ्नो २५औं वर्षको अवसर पारेर प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा विभिन्न १२ टोलीले नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]