3 years ago
July 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेकोस राष्ट्रिय क्रिकेट संघले अम्पायरिङ र स्कोरिङ तालिम आयोजना गर्ने भएको छ । ईलाममा आयोजना हुने तालिम असार ३१ देखी साउन १ गतेसम्म चल्नेछ ।
तालिमको मुख्य प्रशिक्षकमा अन्तराष्ट्रिय अम्पायर बुद्धि बहादुर प्रधान रहेको संघका अध्यक्ष बिप्लभ घोषले जनाएका छन । अध्यक्षका अनुसार तालिममा नेपाली महिला तथा पुरुषले सहभागिता जनाउन पाउने र नेपाली नागरिकता अनिवार्य गरिएको छ ।
नेकोस राष्ट्रिय क्रिकेट संघले दुई हप्ता अगाडी एक पत्रकार सम्मेलनमार्फत आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको थियो । संघको बार्षिक कार्यक्रम अन्तर्गतनै यो तालिम आयोजना हुने भएको हो ।
नेकोस राष्ट्रिय क्रिकेट संघले आयोजना गर्ने यस तालिमलाई नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिएको छ । तालिमको ब्यवस्थापकमा इलाम जिल्ला क्रिकेट संघ रहेको छ । यो तालिमलाई प्रादेशिक क्रिकेट संघ, प्रदेश नं। एकले सहयोग गरेको छ । साथै बिशेष सहयोगिमा नेपाल क्रिकेट संघ (क्यान) रहेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]