default_image

3 years ago

July 9, 2022

राजीव र मनीतालाई स्वर्ण

348 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजीव महर्जन र मनीता सुनुवारले ओलम्पिक डेका अवसरमा आयोजित खुला टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।

सिंगल्सको पुरुषमा राजीव र महिलामा मनीता पहिलो भएका हुन् । नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनको तत्वावधानमा गोड स्पिन टेबलटेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मुकेश महर्जन दोश्रो तथा प्रवीण शाक्य र निश्चल वज्राचार्य तेश्रो भए । महिलामा अंकिता वज्राचार्य दोश्रो तथा श्रेया आचार्य तेश्रो बने ।

भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि राजीव महर्जन पहिलो, मुकेश महर्जन दोश्रो तथा किरणमुनि वज्राचार्य र निकेनमान प्रधान तेश्रो भए । भेट्रान सिंगल्सकै पुरुष ५० वर्षमाथि किरण ब्यञ्जनकारले स्वर्ण तथा रोशन शाक्यले रजत जितेको टेबलटेनिस प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.