3 years ago
July 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जैशिदेवल युथ क्लबले शनिबार पदक विजेता आफ्ना खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मानित गरेको छ ।
जैशिदेवल युथ क्लबअन्तर्गतको जैशिदेवल तेक्वान्दो डोजाङले गत साता भारतको आसाममा भएको इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा काठमाडौँमा भएको प्रथम उपत्काव्यापी तेक्वान्दो प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको हो ।
प्रदेश सांसद विराजभक्त श्रेष्ठ तथा जैशिदेवल युथ क्लबका अध्यक्ष राजेश प्रजापतिले विजेता खेलाडीहरुलाई ‘स्पोर्ट्स सुज’ र जनही एक हजार रुपियाँले पुरस्वृmत गरे । आसाममा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधत्व गरी सहभागी जैशिदेवल तेक्वान्दो डोजाङका एघारै खेलाडीले पदक जितेका थिए ।
सो प्रतियोगितामा मुविक्क्षा गजुरेलले सब जुनियर क्याटागोरीको ग्योरोगीतर्फ स्वर्ण र पुम्सेतर्फ काँस्य तथा रोजन प्रजापतिले क्याडेट क्याटागोरीको ग्योरोगीतर्फ रजत र पुम्सेतर्फ काँस्यसहित दोहोरो पदक जितेका थिए । आस्ना राना मगर र झरना थापा मगरले पनि स्वर्ण पदक हात पारेका थिए ।
यसैगरी सोनी बानियाँ, राजीव गुरुङ, समर्थध्वज जोशीले रजत पदक तथा सुरेश हाङ लिम्बु, सन्देश राई, राहुल लिम्बु र समर लामाले काँस्य जितेका थिए । यसैगरी, उपत्यकाव्यापी तेक्वान्दोमा जैशिदेवल डोजाङले तीन पदक जितेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]