3 years ago
July 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – देवलाल महर्जन र याङदी लामा शेर्पा बुद्धवीर लामा ११औं गीतिमय साँझको सफलताका लागि आयोजित ५ किलोमिटर शुभकामना दौडमा शनिबार पहिलो भएका छन् ।
देवलाल पुरुष र याङदी महिलामा पहिलो भएका हुन् । देवलालले निर्धारित दूरी २३ मिनेट ५३ सेकेन्डमा पूरा गरे । राजु महर्जन दोश्रो तथा बुलाल महर्जन तेश्रो भए । तीन पटककी एभरेष्ट म्यारथन विजेता याङदीले ३२ मिनेट ११ सेकेन्ड समय खर्चिन् । सुनिता योञ्जन लामा दोश्रो तथा सीता रिमाल तेश्रो बने ।
विजेतालाई ज्ञानोदय बालवाटिका माविकी संस्थापिका इन्दिरा याक्थुम्बाले एक कार्यक्रमबीच पुरस्कृत गरिन् । सो अवसरमा भेट्रान धावकद्वय पुष्पलाल श्रेष्ठ र लाक्पा शेर्पा लामालाई सम्मान गरिएको थियो । प्रयास मञ्च नेपालको आयोजनामा भएको दौड त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हाताबाट सुरु भएको दौड विभिन्न भागको परिक्रमा गरी पुनः राखेप मै आएर टुंगिएको थियो । दौडमा १ सय सहभागी थिए ।
दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर, पूर्व धावक एवं गीतकार बुद्धवीर लामा, विश्वको चर्चित मानिने बोस्टन र बर्लिन म्याराथन दौडिसकेका धर्म महर्जन, पूर्व धावक शम्भु दाहाल, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीलगायत दौडेका थिए ।
पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको नाममा इलाममा हुने बुद्धवीर लामा सूर्योदय पर्यटन हाफ म्यारथनको सहयोगार्थ बुद्धवीर लामा ११ औं गीतिमय साँझ भदौ ११ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदै छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]