3 years ago
July 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद प्रतियोगितामा विजेता बन्ने टोलीले १० लाख रुपैयाँको आकर्षक ट्रफी प्राप्त गर्ने भएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि गठन गरिएको मुल आयोजक समितिको बैठकले प्रतियोगिताको विजेता टोलीलाई १० लाख रुपैयाँको आकर्षण ट्रफी प्रदान गर्ने निर्णय गरेको हो ।
राखेपले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि नै लागु हुने गरी मुख्य ट्रफी निर्माण गर्नेछ । उक्त ट्रफीलाई विभागीय टिमसँगै सात वटै प्रदेशमा ओलम्पिक टर्च ¥यालीजस्तै टुर गराइनेछ । लगातार तीन संस्करणमा विजेता बन्ने टोलीलाई यो ट्रफी प्रदान गरिने राखेपले जनाएको छ ।
गण्डकी प्रदेशको ११ जिल्लामा आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभाग र गैर आवासिय नेपाली संघ (एनआरएनए) टिमसहित ११ टोलीका खेलाडीले विभिन्न ३६ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
सर्वाधिक स्वर्ण पदक विजेता टिम च्याम्पियन हुँदै आकर्षक ट्रफी उचाल्नेछ । दुई खेल प्रदर्शनी खेल हुनेछ । जसमा ठेलो र रग्वी सेभेन्स् रहेका छन् ।
यस्तै बैठकले प्रतियोगिता संचालनका लागि राखेपका सदस्य सचिव टंक लाल घिसिङको संयोजकत्वमा कार्यकारी समिती गठन गर्ने र प्रतियोगिताका लागि १४ वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]