3 years ago
July 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशमा आयोजना हुने नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक रुपमा तयारी शुरु भएको जनाएको छ ।
नवौं खेलकुदको मुल आयोजक कमिटीको शुक्रबार काठमाडौंमा बसेको बैठकले नवौंको तयारी औपचारिक रुपमा शुरु भएको जनाएको छ । नवौं राष्ट्रिय खेलकुद) असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको सबै ११ जिल्लामा आयोजना हुँदैछ ।
नवौंका लागि मुल आयोजक कमिटीको बैठकले यसै साताभित्र काठमाडौं र पोखरामा सचिवालय खोल्ने निर्णय गरेको छ । नवौं राष्ट्रिय खेलकुद ६० करोड बजेट भित्र हुनेछ ।
यस्तै बैठकले नवौंका लागि प्रशिक्षण शुरु गर्न सबै खेल संघलाई निर्देशन दिएको छ । विभागीय टोलीलाई तयारीको लागि ९ लाख रुपैयाँ र अन्य टोलीलाई तयारीको लागि ४९ लाख रुपैयाँ छुट्याइएको छ । खेलाडीलाई दैनिक २ हजार भत्ता दिने निर्णय गरेको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले बैठकको उद्घाटन गर्दै मन्त्री गहतराजले कोभिड १९ का कारण निर्धारित मितिमै नवौं हुन नसकेको र अब रोकिनुपर्ने कुनै कारण नरहेको बताएका छन् । नवौं २०७७ मै आयोजना गर्नुपर्ने भएपनि कोभिडका कारण स्थगित भएको थियो ।
‘केही वर्ष ढिला भएको छ । नवौं गराउन गण्डकी प्रदेश सरकारको पनि दायित्व रहेको छ ।’ मन्त्री गहतराजले भने, ‘गण्डकी प्रदेशमा केही पूर्वधार बन्न बाँकी छ । त्यसलाई समयभित्र नै परिपुर्ति गर्नेछौं । सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दछु ।’
बैठकबाट कार्यकारी समिति र विभिन्न तयारी उपसमिति गठन गर्ने निर्णय गरेको छ । बैठकमा मन्त्री गहतराज, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, सातै प्रदेशका खेलकुद सदस्य सचिव, विभागीय टोली, राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने खेल संघका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।
यसपटक नवौंमा ३६ प्रतिस्पर्धी खेलसँगै दुई प्रदर्शनी खेल पनि समावेश छ । नवौंमा गैर आवासिय नेपाली संघ (एनआरएन) सहित तीन विभागीय टोली र सात प्रदेश गरी ११ टोलीको सहभागिता रहेको छ
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]