default_image

3 years ago

July 7, 2022

गौरिकासहित पदक विजेता सम्मानित हुने

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघले सन् २०१९ मा काठमाडौंमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा कीर्तिमानी पदक जित्ने गौरिका सिंहसहितका खेलाडीलाई सम्मानित गर्ने निर्णय गरेको छ ।

संघले संघको बार्षिक कार्यक्रम अनुसारको १०औं एनएसए कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता दौरान आफ्ना पदक विजेता महिला खेलाडीलाई नगदसहित सम्मानित गर्ने निर्णय गरेको हो ।

१३औं सागमा कीर्तिमानी ४ स्वर्ण २ रजत र ३ कास्य गरी ९ पदक जितेका गौरिकालाई १ लाख रुपैयाँसहित सम्मान गरिने संघका अध्यक्ष अशोक बज्रचार्यले जानकारी गराए ।

यस्तै २ रजत र ३ कास्य गरी ५ पदक जित्ने डुवाना लामालाई ५० हजार, ४ कास्य जित्ने टिशा शाक्य र ३ कास्य जित्ने अनुशिया तन्डुकारलाई समान २५ हजार रुपैयाँले सम्मानित गरिने संघले जनाएको छ ।

नेपाल पौडी संघको बार्षिक कार्यक्रम अनुसारको १०औं एनएसए कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता आइतबारदेखि शुरु हुनेछ । प्रतियोगितामा ८४ महिला तथा १३७ पुरुष गरि कुल २२१ खेलाडीहरुले ५४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगितामा जुनियर खेलाडीहरुको हौसला अभिबृद्धि गर्न जुनियर विधाका १० बर्ष, १२ बर्ष, १४ बर्ष र १७ बर्ष मुनिका प्रत्येक विधाका एक महिला र एक पुरुष खेलाडीलाई उमेर समूहको उत्कृष्ट खेलाडी घोषित गरिनुका साथै ट्रफीले सम्मान गरिने संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।

चीनमा आयोजना हुने १९औं एशियन प्रतियोगिताका लागि छनोट प्रतियोगिता समेत रहेको प्रतियोगिताबाट खेलाडीहरुले प्राप्त गरेको उच्चतम फिना अंकका आधारमा ४ पुरुष र ४ महिला खेलाडीहरुको छनोट हुने समेत अध्यक्ष बज्राचार्यले बताए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.