3 years ago
July 7, 2022
एजेन्सी – संघर्षपूर्ण जित निकाल्दै दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सेन्टर कोर्टमा बुधबार राति भएको क्वाटरफाइनलमा पेटको चोटको बावजुत नाडालले अमेरिकी टेनिस स्टार टेलर फ्रिट्जमाथि ३–२ को सेटमा जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएका हुन् ।
नाडालले पहिलो सेट ३–६ ले गुमाएको थियो । दोस्रो सेटमा ७–५ को जित निकाल्दै नाडाल खेलमा फर्किएको थियो । तेस्रो सेट पुनः नाडालले ३–६ ले गुमाउन पुगेको थियो । चौथो सेटमा पुनः ७–५ को जित निकालेको नाडालले पाँचौ सेट ७–६ (१०–४) ले आफ्नो पक्षमा पार्न सफल भयो । खेल चार घन्टा २१ मिनेट चलेको थियो ।
३६ वर्षीय नाडालको यो ३ सय १०औं ग्रान्डस्लाम जित हो । कीर्तिमानी २२औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् । सर्वियन नोभाक जोकोभिच र स्वीस रोजर फेडेररले समान २० पटक ग्रान्ड स्लाम जितेका छन् ।
‘म यस्तो खालको खेल खेल्दा धेरै रमाइलो गर्छु ।’ नाडालले खेलपछि भने, ‘यो एक कठिन जित हो । जसले सबै सिजन उत्कृष्ट खेल्दै आएको छ, यो सजिलो थिएन, त्यसैले म सेमिफाइनलमा पुग्न पाउँदा धेरै खुसी छु ।’
‘सामान्यतया शरीर ठीक छ, तर पक्कै पनि पेटमा केहि गलत भइरहेको छ । मैले अलि फरक तरिका अपनाए ।’ नाडालले भने, मैले सोचें कि म खेल जित्न सक्नेछैन । तर यो कोर्ट र उर्जा अर्कै छ ।’
सेमिफाइनलमा शुक्रबार नाडाल र किर्गियोस भिड्दैछन् । ‘म खेल्नको लागि तयार हुने आशा गर्छु । निक सबै खेलाडीहरूमा उत्कृष्ट खेलाडी हुन् ।’
यस्तै अष्ट्रियाका निक किर्गियोसले क्रिस्टियन गारिनलाई ३–० को सोझो सेटमा हराउँदै नाडालसँगको भेट पक्का गरेको छ । किर्गियोसले गारिनमाथि ६–४, ६–३ र ७–६ को सेटमा जित निकाल्न सफल भयो ।
किर्गियोस सन् २००५ पछि विम्बल्डनको सेमिफाइनलमा पुग्ने पहिलो अष्ट्रियाका खेलाडी बनेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]