default_image

3 years ago

July 6, 2022

एसियन प्यासिफिक र टिम किरण फाइनलमा

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियन प्यासिफक र टिम किरण ऋत एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

बसुन्धारास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको सेमिफाइनलमा एसिया प्यासिफिकले बलर्स एकेडेमीलाई ६–४ ले पराजित ग¥यो । अर्को सेमिफाइनलमा टिम किरणले हिमालयन गल्र्सलाई ८–४ ले हरायो ।

ब्वाइजमा आयोजक ऋत, न्यु जेनिथ ‘बी’ र एन्जल्स हार्ट ‘ए’ सेमिफाइनलमा पुगे । ऋतले स्किब्सलाई ५–४, न्यु जेनिथ ‘बी’ ले एन्जल्स हार्ट ‘बी’ लाई ८–६ तथा एन्जल्स हार्ट ‘ए’ ले इन्साइट भिजन ‘बी’ लाई ६–५ ले पाखा लगाए ।

सेमिफाइनलमा ऋतको भेट न्यु जेनिथ ‘बी’ संग हुनेछ । एन्जल्स हार्ट ‘ए’ ले इन्साइट भिजन ‘ए’ र न्यु जेनिथ ‘ए’ बीचको विजेतासंग खेल्ने छ । प्रतियोगिता बिहीबार हुनेछ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.