3 years ago
July 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व ब्याडमिन्टन दिवसको अवसरमा बधाई तथा शुभकामना प्रदान गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले मंगलबार शितल निवासमा नेपाल ब्याडमिन्टन संघ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ र काठमाडौं ब्याडमिन्टन एकेडेमीका पदाधिकारी र खेलाडीसँग साक्षात्कार गर्दै शुभकामना प्रदान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले काठमाडौं ब्याडमिन्टन एकेडेमीका साना बालबालिकालाई भेट्न पाउँदा खुशी लागेको बताउँदै बालबालिकालाई भविष्यमा ब्याडमिन्टन खेलमा राम्रो गरेर देशको प्रतिष्ठा उचो बनाउन प्रेरणा दिइन् ।
उनले ब्याडमिन्टन खेलमा नेपाली खेलाडीले प्राप्त गरेको उपलब्धिको प्रशंसासमेत गरिन् । राष्ट्रपति भण्डारीले ब्याडमिन्टन खेलको भौतिक पूर्वाधार निर्माण र विद्यालय स्तरमा लैजान आफूले सहजीकरण गर्ने बताइन् ।
काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले नेपालमा ब्याडमिन्टन खेलको अवस्था र हालसम्मका उपलब्धिबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराउँदै देशको अभिभावक राष्ट्रपतिसँग विश्व ब्याडमिन्टन दिवस मनाउन पाउनु ऐतिहासिक क्षण भएको बताए । काठमाडौं ब्याडमिन्टन एकेडेमीका अध्यक्ष रिता विष्टले राष्ट्रपति भण्डारीलाई मायाको चिनो प्रदान गरिन् ।
हरेक वर्ष जुलाई ५ लाई विश्व ब्याडमिन्टन दिवसको रुपमा मनाउँदै आएको छ । विश्व ब्याडमिन्टन महासंघमा आवद्ध विश्वका एक सय ९८ देशमा मंगलबार ब्याडमिन्टन दिवस मनाएको संघले जनाएको छ ।
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]