3 years ago
July 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसिया प्यासिफिक कलेजको आयोजनामा प्रथम एसिया प्यासिफक एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १६ गरी ४० टिमको सहभागिता रहने एसिया प्यासिफिकका प्रिन्सिपल रमेश घिमिरेले जनाएका छन् । खेल लिग कम नकआउट आधारमा हुनेछ ।
प्रिन्सिपल घिमिरेले विद्यार्थीहरुमा अन्तरनिहित सम्पूर्ण क्षमताको सर्वाङ्गिन विकास र प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । पहिलो र दोश्रो हुने टोलीका खेलाडीलाई प्लस २ अध्ययन गर्न चाहेमा ७५ प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्ने आयोजकले जनाएको छ ।
तीनदिने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजककै कोर्टमा खेलाइने छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]