3 years ago
July 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रिमियर इन्टरनेसनल आईबी इन्टरनेसनल स्कुलको आयोजनामा प्रथम एसइइ कपअन्तर्गत फुटसल र बास्केटबल प्रतियोगिता असार २६ गतेदेखि हुने भएको छ ।
दुवै खेलमा बढीमा २४ टिमलाई मात्र सहभागी गराइने प्रतियोगिता संयोजक राजु श्रेष्ठले जनाएका छन् । ब्वाइजतर्फ मात्र प्रतिस्पर्धा हुनेछ । बास्केटबल थ्री बाइ थ्री स्वरुपमा हुनेछ । गल्र्समा भने २ सातापछि बास्केटबल प्रतियोगिता आयोजना गर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।
फुटसलमा विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । बास्केटबलमा पहिलोलाई ३५ हजार र दोश्रोलाई २० हजार नगदबाट पुरस्कृत गरिने छ । दुईदिने प्रतियोगिताका खेलहरु खुमल्टारस्थित आयोजकको आफ्नै पूर्वाधारमा हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]