default_image

3 years ago

July 5, 2022

आयोजक ऋत प्रि–क्वाटरफाइनलमा

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ऋत एकेडेमी ऋत एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बसुन्धारास्थित घरेलु कोर्टमा ऋतले ब्ल्याक रिबनलाई ८–५ ले पराजित ग¥यो । ब्वाइजमै एन्जल्स हार्ट ‘ए’ ले सिनर्जीलाई ७–२, इन्साइट भिजन ‘ए’ ले बलर्स एकेडेमीलाई ७–५ र बुद्ध नेसनल एकेडेमीले विद्या व्यायामलाई ७–३ ले हराउदै प्रि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

ब्वाइजकै अन्य खेलमा सफलता हात पार्दै एनसीसीएस, नखिपोट, स्किब्स, एन्जल्स हार्ट ‘बी’, न्यु मिलिनियम, त्रिकोण, हिमरश्मी, न्यु जेनिथ ‘ए’ र ‘बी’, विस्ट, ग्रिओन टिम र इन्साइट भिजन ‘बी’ ले पनि प्रिक्वाटरफाइनलमा स्थान बनाए ।

प्रतियोगिताको ऋत एकेडेमीका प्रिन्सिपल आनन्दकुमार यादवले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको ब्वाइजमा ८० र गल्र्समा १६ गरी ९६ टिमको सहभागिता रहेको ऋत एकेडेमीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ लामाले जनाएका छन् । गल्र्सको प्रतिस्पर्धा बुधबारदेखि हुनेछ ।

ब्वाइज-गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार ५ सय नगद पुरस्कार पाउने छन् । ब्वाइज-गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पर्ने प्रत्येक टोलीका खेलाडीलाई ऋतमा प्लस २ अध्ययनका लागि ३० प्रतिशत छात्रवृत्ति पनि प्रदान गरिने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई समेत सोही अनुसारको छात्रवृत्ति उपलब्ध गराइने आयोजकले जनाएको छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.