default_image

3 years ago

July 5, 2022

खुल्ला फुटसल प्रतियोगिता अर्काे महिना

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुर्द) – बिग एजुकेसन कन्सल्टेन्सीको आयोजनमा अर्काे महिना खुल्ला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजकले विज्ञप्ति जारी गर्दै खुल्ला फुटसल प्रतियोगिता १४ साउनमा ललितपुरको इमाडोलस्थित यला फुटसल एण्ड रिक्रिएसन सेन्टरमा हुने जनाएको छ ।

खुल्ला प्रतियोगिता भएको कारण जुनसुकै टोलीले यस प्रतियोगिता खेल्न पाउनेछन् । प्रतियोगितामा सहभागिता जनाउन ४ हजार दर्ता शुल्क राखिएको छ ।

प्रतियोगिताको विजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टिमले नगद ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई फुटसल बुट, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

मुख्य प्रायोजकमा बिग एजुकेसन कन्सल्टेन्सी रहेको छ । यस्तै इन एसोसियसन विथमा मो बो स्टेसन र हिमालयन जाभा रहेको छ । प्रतियोगिताको मेडिकल पार्टनरमा लियो अल्का क्लब रहेको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.