3 years ago
July 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जैसिदेवल तेक्वान्दो डोजाङका खेलाडीद्वय मुविक्क्षा गजुरेल र रोजन प्रजापतिले भारतको आसाममा भएको ओपन कुकिओन डिस्प्याच अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा दोहोर पदक जितेका छन् ।
आसाम तेक्वान्दो संघ तथा तितावोर डोजाङ तेक्वान्दो एकेडमीद्वारा भारतको आसाममा मिति २०२२ जुलाई १ देखि ३ सम्म भएको च्याम्पियनसिपमा मुविक्क्षाले सव जुनियर क्याटागोरीमा ग्योरोगीतर्फ स्वर्ण र पुम्सेतर्फ काँस्य तथा रोजनले क्याडेट क्याटागोरीमा ग्योरोगीतर्फ रजत र पुम्सेतर्फ काँस्य पदक जितेका हुन् ।
जैशिदेवल युथ क्लबद्वारा सञ्चालित जैशिदेवल तेक्वान्दो डोजाङका ११ खेलाडीहरुले प्रशिक्षक अन्जित राई, टिम व्यवस्थापक रमेश प्रजापति, अफिसयल भरत कारञ्जितको नेतृत्वमा नेपालको प्रतिनिधित्व गर्दै ग्योरोगीतर्फ मुविक्क्षा गजुरेल, आस्ना राना मगर र झरना थापा मगरले स्वर्ण पदक, रोजन प्रजापति, सोनी बानियाँ, राजीव गुरुङ र समर्थध्वज जोशीले रजत पदक, सन्देश राई, राहुल लिम्बु र समर लामाले काँस्य पदक साथै पुम्सेतर्फ सुरेश हाङ लिम्बु, रोजन प्रजापति र मुविक्क्षा गजुरेलले काँस्य गरि नेपालका लागि १३ पदक जित्न सफल भएका छन् ।
उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रशिक्षक, ग्योरोगी-पुम्सेका अन्तर्राष्ट्रिय निर्णायक रविन मल्लले ग्राण्ड जुरीको भुमिका निर्वाह गरेका छन् ।
प्रतियोगितामा सहभागिताको लागि लागेको दुई लाख भन्दा बढी सम्पूर्ण रकम जैसिदेवल युथ क्लवले व्यहोरेको अन्तर्राष्ट्रिय प्रशिक्षक-अन्तर्राष्ट्रिय निर्णायक तथा क्लवका अध्यक्ष राजेश प्रजापतिले जानकारी दिएका छन्।
जैसिदेवल युथ क्लवले न्युनतम शुल्कमा तेक्वान्दो तालिम, निम्नवर्गिय खेलाडीहरुलाई निःशुल्क तालिम, निःशुल्क तेक्वान्दो पोसाक वितरण तथा शैक्षिक छात्रवृत्ति समेत प्रदान गर्दै आएको जानकारी क्लवका अध्यक्ष राजेश प्रजापतिले जनाएका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]