3 years ago
July 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकामा दुई नेपाली फुटबलरसँगै दुई जना खेलकुद पत्रकार सम्मानित भएका छन् ।फुटबलर नवयुग श्रेष्ठ, भरत खवाससँगै खेलकुद पत्रकार रोशन बहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी सम्मानित भएका हुन्।
अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टीअन्तर्गट डिस्ट्रिक्ट आठले सम्मान गरेको हो । चारै जनालाई डिस्ट्रिक्ट आठका डेलिगेट्स हेरी भण्डारीले सम्मान गरे ।
साथै सोहि क्षेत्रका जोसेप बोट्लेर र कार्ल ज्याक्सनले पनि सम्मानपत्रमा हस्ताक्षर गरेका थिए । सिंहलाई नेपाल खेलकुदमा पत्रकारिताको माध्यमबाट गरेको महत्वपुर्ण योगदानका कारण सम्मान गरेको हो भने अधिकारीलाई फोटो पत्रकारितामा गरेको योगदानको कदर गर्दै सम्मान गरेको हो ।
चारै जनालाई नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरेको हेरी भण्डारीले बताए । यसअघि रोशन, कौशल, भरत र नवयुगलाई बाल्टिमोरको १० नम्वर डिस्ट्रिक्टका डेलिगेट जे जेलेसीले पनि सम्मान गरेका थिए ।
नवयुगले नेपालले कुवेतमा भएको एसियन कप छनोटमा टिमको कप्तानी गरेका थिए । एनएसी कप फुटबलका लागि भरत र नवयुग अमेरिकाको एल ए गुँरासबाट खेलेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]