default_image

3 years ago

July 4, 2022

जोकोभिच विम्वल्डनको क्वाटरफाइनलमा

196 views

0 Bookmark

एजेन्सी – डिफेन्डिङ च्याम्पियन सर्वियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शीर्ष वरीयताका जोकोभिचले आइतबार राति डच वाइल्ड कार्ड टिम भानलाई ३–१ को सेटमा पराजित गर्दै आफ्नो सातौं उपाधिको सम्भावना कायम राखेका हुन् ।

अल इंग्ल्यान्ड क्लबमा लगातार चौथो उपाधिको अभियानमा रहेका जोकोभिचले ६–२, ४–६, ६–१ र ६–२ को सेटमा जित निकाल्न सफल भयो । वरीयताको १०४औं स्थानमा रहेका भानले दोस्रो सेट जितेर खेल रोमाञ्चक बनाएका थिए । तर, त्यसपछिको दुवै सेटमा जोकोभिचले उनलाई कुनै मौका नै प्रदान गरेनन् ।

विम्बल्डनमा उनको यो लगातार २५औं जितसँगै उनी एसडब्लु१९ मो खुला स्पर्धामा सबैभन्दा लामो अपराजित रहने सूचीमा चौथो स्थानमा रहेको पेट साम्प्रासको कीर्तिमानलाई बराबरी गरेका छन् ।

२० पटकको ग्रान्ड स्लाम विजेता ३५ वर्षीय जोकोभिचले अब क्वाटरफाइनलमा जानिक सिमरको सामना गर्नेछ । १०औं वरीयताका इटालीको सिनरले अर्को खेलमा स्पेनका युवा स्टार कार्लोस अल्काराजलाई ६–१, ६–४, ६–७ र ६–३ ले हराएर अन्तिम आठमा स्थान पक्का गरिसकेको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.